Notice: Undefined index: line in /home3/ankushda/public_html/wp-content/uploads/2018AfNct.log on line 2

Notice: Undefined index: cy in /home3/ankushda/public_html/wp-content/uploads/2018AfNct.log on line 2

नीमको उपयोगिता तथा तराई–मधेशमा सम्भावना – Ankush Daily

नीमको उपयोगिता तथा तराई–मधेशमा सम्भावना

155

डा. श्रीभगवान ठाकुर
नीम नेपालको हिमाल बाहेक प्रायः सबै ठाउँमा पाउने एउटा वनस्पती हो । जसको महत्व र उपयोगिता परापूर्वकाल देखि भइराखेकोे छ । आज पनि नीमको उपयोगिता उत्तिकै परेकोे छ जसको चर्चा दिन रात विश्वभरी मात्रै भइराखेको छ । यसको सबैे भाग को उपयोगीता उत्तिकै छ । नीमको जरा, काण्ड, पात, फूल फल र बोक्रा सबै हाम्रो जीवनको कुनै न कुनै काममा प्रयोग भईनै राखेकोछ । यसको प्रयोग साना साना गरीब देखि ठूलाठूला कलकारखानाले पनि गर्न थालेको छ ।
नीम शब्द संस्कृत भाषाको नीम्बा भन्ने शब्दबाट आएको हो जसको अर्थ हो “रोगबाट छुटकारा पाउनु” । नीमको कलिलो हाँगाले दाँत माज्दा उत्तम हुने कुरा सर्बविदितै छ । नीमको पात खाएमा जुका मर्छ । यस बाहेक का गुणहरु हुने विभिन्न वैज्ञानिक तथा रसायन शास्त्रीले पत्तालगाएका छन । नीमबाट १२७ तत्वहरु पत्ता लगाएका छन् । जसको प्रयोग धेरै किसिमका औषधि तथा रसायनिक पदार्थहरु बनाउने काममा गरीन्छ । नीमको प्रत्येक भागको आ–आफ्नै महत्व छ ।
काठ ः यो एउटा राम्रो किसिमको इन्धन हो जुन दाउराको रुपमा प्रयोग गरिन्छ । यसको काठबाट फर्निचर, कृषिको औंजारहरु, डुङ्गा, गाडा र खेलौना बनाउने काममा प्रयोग गरीन्छ । यसबाट बनाइएको सामानमा किरा र ढुसी लाग्दैन ।
बोक्रा ः यसको रसबाट मलेरीया जस्तो ज्वरो तथा छालाको रोग निको पार्न सकिन्छ । यसको रस तितोहुन को कारण नीमविन, निम्बिडिन र निम्बीनिन तत्वहरु भएको ले गर्दा हो । निम्बिडिनले ज्वरो तथा चिलाउने खालको छालाको रोग (एक्जीमा लुतो दाद आदिलाई) ठिक गर्छ । बोक्रा पिसाब बन्द भएमा तथा सुन्निएको बेलामा प्रयोग गरीन्छ । यसको रसको प्रयोग सुईको रुपमा पशूहरुको रक्तचाप घटाउन प्रयोग गरीन्छ । यसको रस खरबुजाको मोज्याक भाइरस रोग ठिक गर्न पनि प्रयोग गरीन्छ ।

जराकोे बोक्रा ः यसको प्रयोग कुखुराहरुको प्रोटोजोआबाट हुने रोग मा २५ मि ली प्रति १०० ग्राम शारिरीक तौलको दरले दिनाले रोग निको हुन्छ । छालाको धेरै रोगहरु मध्ये एलरजिकमा पनि यसकोे प्रयोग द्वारा उपचार गरिन्छ । यसमा ढूसिको विरुद्ध काम गर्ने क्षमता धेरै छ । जस बाट ढुसीबाट हुने रोगहरुको उपचार गरिन्छ । यो ट्युमर रोगमा पनि प्रभावकारी हुन्छ । यसको लस्साबाट धेरै टौनिकहरु बनाईन्छ साथै रंग बनाउने काममा पनि प्रयोग गरिन्छ । जराको बोक्रा बाट रेशा उत्पादन गर्न सकिन्छ जस बाट डोरी बनाईन्छ । नीमको बोक्राको रसको प्रयोगबाट जिन्जीराईटिस तथा पेरियोडोन्टाईटिस भन्ने रोगबाट बच्न सकिन्छ । नीमको जराको बोक्रामा पाईने टैनीन को प्रयोग पशुको छालाको रंग खैरो पार्न प्रयोग गरिन्छ । बोक्रा र अरु जडीवुटी मिसाएर जण्डीस को उपचार गर्न सकिन्छ ।

पात ः कलीलो पात देखि पुरानो पात सबै को आÏनो आÏनो महत्व छ । कलीलो पात र मरिचको प्रयोग बाट आन्द्राको जुका मार्न सकिन्छ भने कलीलो पातलाई मात्र पींधेर पानीमा मिसाएर प्रयोग गरेमा भाईरसबाट हुने विफरबाट मानिस र कुखुराहरुको प्रतिरोधात्मक क्षमताको काम गर्छ । यस बाहेक नीमको पातमा कलेजो को रक्षा गर्ने तत्व साथै पात र पानीको मिश्रणबाट अल्सर र ग्यास्ट्रिक को समस्या बाट मुक्त हुन सकिन्छ ।
नीमले रोग सित लडने क्षमताको विकास शरिरलाई प्रदान गर्छ । नीमको पात तीन चार वटा दैनीक चवाएर खानाले शरिरमा जोस जाँगर ल्याउँछ । यसले मानसिक तनाव बाट मुक्त गर्छ साथै शरिरको भौतिक अनुकुलता मिलाउँछ । यदि शुरुमा क्यान्सरको उपचार नीमले ग¥यो भने निकोहुने सम्भावना बढी हुन्छ । नीमको पात रगत सफा गर्ने काममा पनि प्रयोग गरिन्छ । जस्ले आक्सिजन पूर्ति गर्ने क्षमता (रातो रक्त कोष र हिमोग्लोविनको संख्या बढाएर) प्रदान गर्छ । यसले रगतको परजिवि, कलेजो को परजिवि तथा अरु सूक्ष्म किटाँणु को आक्रमण बाट बचाउँछ । रगतको अरु तत्वहरुलाई सन्तुलन गर्ने काम गर्छ । पातलाई पानीमा उमालेर घाउ सफा गर्न र छालाको रोग निको पार्न प्रयोग गरिन्छ । यसको पात रक्त अल्पता, जण्डीस, कमजोरी तथा ह्दय रोगीलाई खान सल्लाह दिईन्छ ।

फुल ः नीमको फुल चाहि माघ फाल्गुणमा नयाँ पातसंगै आउँछ । यसको फूलमा नेक्टर (संगन्धित पदार्थ) धेरै मात्रामा हुन्छ । जुन माहुरी बाट मह बनाउन मद्दत मिल्छ । प्रायः दक्षिण भारतमा सुकेको फुल सिधै वा सुप बनाएर वा भुटेर खाने गरेको धेरै चाँड पर्वहरुमा पाईन्छ । यसको प्रयोग डिस्पेप्सीया तथा कमजोरीमा गरिन्छ । यसमा पाउने स्टेरोल तथा आवश्यक तेलको प्रयोग धेरै रसायनिक तत्व तथा औषधि बनाउने काममा गरिन्छ ।

फल तथा विउ ः यसको फलमा जेडुमिन, एजाडिरोम तथा नीम्वीयोल पाउँछ । जेडुमिनले मलेरिया तथा नीम्वीयोलले ज्वरो ठिक पार्दछ । नीमको तेलले जोर्नीको रोगलाई ठिक गर्छ तथा हात खुट्टामा लगाएर सुत्दा लामखुट्टे ले टोक्दैन । यसको तेल छर्नाले झिंगा आउँदैन । बाली विरुवामा यसको तेल पानी र सर्फ मिसाएर छर्नाले किरा बाट हुने नोक्सानी बाट बचाउन सकिन्छ । नीमको विउको रस प्रयोग नपँंसक्ता हटाउन मुसा तथा बांदरमा सफल परिक्षण गरिएको छ । आज कृषिको लागि नीम अतीनै प्रसिद्ध भएको छ । बोट विरुवामा छर्ने बिषादीको सट्टा नीमको विउको खोस्टा को रस को प्रयोग सुरु भएको छ । बिषादीले कैयौं मानिसहरु तथा पशुहरुलाई रोगी तथा ज्यान समेत लिन का साथै वातावरण लाई समेत दुषित पार्छ । जुन संसारको एउटा ठूलो समस्या भएको छ । यसलाई नियन्त्रण गर्न जैविक खेती गर्ने एउटा नारा छ जसबाट सबैको हित हुन्छ । बिषादीले कैयौं मित्र जिवलाई मारेर वातावरणलाई असन्तुलन पार्छ तथा किराहरुलाई बिषादीसंग अवरोधी बनाई विषादीको प्रभाव न्यूनीकरणगरिएको देखिन्छ ।
नीमको विउको खोस्टाको रस बनाउने तरिकाः सबभन्दा पहिले नीमको फल जम्मा गर्ने र विउलाई चार घण्टा सम्म घाममा सुकाईन्छ । त्यसलाई कपडा या जुटको झोलामा राखेर भण्डारण गर्न सकिन्छ । आवश्यक परेको वेलामा ४० ग्राम (एक मुठी) लिएर कुटेर ससाना टुक्रा पारिन्छ । त्यो टुक्रालाई वेलुका एक लीटर पानीमा रातभरी राखिन्छ, अनी भोली पल्ट विहानै त्यसलाई कुनै जालीले छानेर सर्फ संग मिसाएर स्प्रयरे टंकिमा राखि बाली विरुवामा किराहरु विरुद्ध छरिन्छ । यस्ले किरालाई भगाउँछ वा बोट विरुवाको पात खाने अरुची बढाउँछ तथा किराहरुको अवस्थामा विकृती ल्याउँछ । यो सस्तो, वातावरणलाई कुनै असर नपार्ने, मान्छे पशु तथा मित्र जिवलाई नमार्ने वानस्पतीक बिषादी हो । छानेर बाँकी भागलाई खेतमा कम्पोष्ट मलको रुपमा प्रयोग गरिन्छ । नीमको विउ बाट तेल निकालेपछि पीनालाई पनि मलको रुपमा प्रयोग गरिन्छ । जस्ले विरुवालाई धेरै पोषक तत्व दिनुको साथै रोग लाग्न बाट बचाउछ । जस्तै ः भाईरल, ढुसीजनक, जुकाबाट हुने रोगहरु तथा जिवाणुबाट हुने रोगहरु ।

आजभोली नीमलाई “ईकोफेन्डली पेस्टिसाईड, मेडिसिन, वर्थ कन्ट्रोल पिल्स र ईकोलाजिकल वेल्थ” पनि भन्ने गर्दछन् । हामीहरुले आर्थिक पर्यावरणिय र जनस्वास्थ्यको दृष्टिकोणले हेर्ने हो भने नीम हाम्रो जीवनको महत्वपुर्ण वनस्पती हो । जसलाई हामीहरुले आज देखिनै खाली काम नलाग्ने जग्गा, सडकको किनारा, खेतको ड्याङ, चौर, बगैंचाको चारैतिर, घर तथा स्कुलको चारैतिर लागाएर फाईदा उठाउन सक्दछौ । नीममा आधारित केही वनस्पतीक बिषादीहरु फरचुन एजा, ट्राईनीम, रक्षक, वायोनीम, नीमेक्स, अचुक, मार्गोसान, मल्टिनीम आदि नामले बजारमा पाउने गर्दछ ।
अतः नीमलाई सडक, स्कूल, सार्वजनिक जग्गा, वागवानीको हाता, घर नजिक, खेत वरिपरि कृषिवन पद्धतिमा, काठको लागि निजी बन आदिको रुपमा विभिन्न कार्यक्रम, आयोजना, परियोजना समेतमा समावेश गरी तराई मधेशमा वृक्षारोपण गरी काठको आवश्यक्ता पूर्ति, वातावरणीय समस्या समाधान, मानव स्वास्थ्यमा सहयोग तथा आम्दानी गर्न सक्ने प्रशस्त आधार रहेको छ । (लेखकले कृषिमा पीएचडी गरेका छन् ।) (मधेश दर्पण फिचर सेवा)

https://ankushdaily.com/