पिछडा बर्गद्वारा शैक्षिक सामाग्री वितरण

50

बीरगंज, २४ बैशाख ।  पिछडा वर्गले नेपाल राष्ट्रिय विद्यापिठ उच्च मा. वि. श्रीपुरमा एक समारोह बीच शैक्षिक सामाग्री वितरण गरेको छ ।
बिद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पिछडा वर्गका (ओ.वि.सी.)का उपाध्यक्ष अरबिन्द गुप्ताले शैक्षिक सामाग्री वितरण गर्नु भएको थियो । ने.रा.वि.उ.मा.वि. श्रीपुरका शिक्षकहरुको उपस्थितिमा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा बिद्यालयका बाल वालिकाहरुलाई कापी किताब तथा स्कुल बैग वितरण गरिएको पिछडा बर्गका मनोज मंडलले बताए । वितरण कार्यक्रममा स्थानीय समाजसेवी लगाएतको सहभागिता रहेको थियो ।

https://ankushdaily.com/