सिडिओले रोक्का गरेको जग्गा व्यक्तिको नाममा दर्ता

80

वीरगन्ज, २४ बैशाख ।  जिल्ला प्रशासन कार्यालय पर्साले रोक्का गरेको जग्गा मालपोतका कर्मचारीले नियम कानुनलाई लत्याउदै व्यक्तिको नाममा दर्ता गरेका छन । जिल्ला प्रशासन कार्यालय पर्साको आदेशमा रोक्का रहेको पर्साको भवानीपुर गाविस वडा नम्बर ५ हाल वीरगन्ज उपमहानगरपालिका वडा नम्बर २१ को ४ धर ४ कनवा जग्गा मालपोत कार्यालयका कर्मचारीहरुले गत चैत्र ३१ गते व्यक्तिको नाममा दर्ता गरेका हुन ।
२०७३ साल चैत्र २७ गते पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले च.न ८१६३ को पत्रबाट वी.उ.म.न.पा २१ भवानीपुर निवासी हरि राउत कुर्मीको नाममा दर्ता रहेको कित्ता नम्बर २८ कोे ४ धर ४ कनवा जग्गा रोक्का राख्न आदेश दिएको भएपनि जिल्ला प्रशासन कार्यालयको कुनै अर्को आदेश बगैर नै मालपोत कार्यालयका कर्मचारीले चैत्र ३१ गते वी.उ.म.न.पा २१ निवासी लखनलाल साह कानुको नाममा दर्ता गरेको जग्गा धनी कुर्मीका छोरा सिंघाशन राउत कुर्मीले जानकारी दिनुभयो ।
उहा“ले पिताको मृत्यु पश्चात उनको नाममा स्ववासी दर्ता रहेको उक्त जग्गा आप्mनो नाममा गराउन प्रकृया सुरु गरेपछि वी.उ.म.न. पा २१ निवासी अनिल कुमार साहले चैत्र २६ गते जिल्ला प्रशासन कार्यालयमा आफु भारतीय भएको गलत जानकारी दिई जग्गा रोक्का गराएकोले आफुसंग भएको सम्पुर्ण प्रमाण जिल्ला प्रशासन कार्यालय पर्सामा पेश गरी बैशाख २२ गते जग्गा फुकुवा आदेशको पत्र बुझी आइतबार(आज) मालपोत कार्यालय जा“दा उक्त जग्गा अन्य व्यक्तिको नाममा पहिले नै दर्ता रहेको कार्यालयका कर्मचारीले जानकारी दिएको बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय पर्साले रोक्का गरेको जग्गा अन्य व्यक्तिको नाममा गलत तरिकाले गएको कारण पुनः आप्mनै नाममा दर्ता गर्न मालपोत कार्यालयमा र अनियमित तरिकाले आप्mनो जग्गा अन्यको नाममा दर्ता गर्ने कर्मचारी माथि छानविन गरी कार्यवाही गर्न जिल्ला प्रशासन कर्यालय पर्सा तथा जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दर्ता गराएको सिंघाशनले जानकारी दिनुभयो ।
भवानिपुर निवासी कुर्मीको नाममा रहेको रोक्का जग्गा फुकुवा आदेश बिना अन्य व्यक्तिको नाममा कसरी गएको बारे जिल्ला मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख सुरेन्द्रप्रसाद रावसंग बुझदा उहा“ले कार्यालयको मुद्दासंग सम्बन्धित जग्गा रहेकाले फाइल नदेखि हाल केही भन्न नसकिने जानकारी दिनुभयो । उहा“ले मुद्दाफाटका सम्बंधित कर्मचारी हाल नभएकाले यस विषयमा छानविन गरी दोषी भेटिय कार्यवाही अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । जिल्ला प्रशासन कार्यालय पर्साले रोक्का गरेको जग्गा प्रशासनको आदेश बगैर कसरी अन्य व्यक्तिको नाममा दर्ता भयो भन्ने सोधिएको प्रश्नमा उहा“ले विना फुकुवा पुर्जी जग्गा दर्ता भएको फेला परे कर्मचारीलाई कार्यवाही गर्ने बताउनु भयो ।
यसै विषय पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेसंग बुझदा उहा“ले रोक्का जग्गालाई व्यक्तिको नाममा दर्ता गर्ने मालपोतका दोषी कर्मचारी माथि छानविन गरी कार्यवाही गरिने जानकारी दिनुभो । उहा“ले जग्गाको फाइल प्रशासन कार्यालयमा झिकाई छानिविन गर्ने र सहि जग्गा धनीका नाममा जग्गा दर्ता गराई दोषी देखिएको कर्मचारीलाई कर्मचारी नियमवाली अनुसार हदैसम्मको कार्यवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मालपोत कार्यालय पर्साका कर्मचारी कै मिलेमतोमा गत वर्ष पनि हुदै नभएको जग्गा व्यक्तिको नाममा राजिनामा पास गरेको, हुदै नभएको जग्गा बैंकमा राखि रकम झिकी बैंक ठगीमा मद्दत गरेको जस्ता दर्जनौ मुद्दामा लिप्त रहेका मालपोतका कर्मचारी माथि कुनै मोलाहिजा नगरिने प्रजिअ घिमिरेले गरेका दावीलाई पर्सावासीले प्रतिक्षा गरीरहेका छन् ।

https://ankushdaily.com/