जेठ ४ गते पछि शेरबहादुर प्रधानमंत्री

2

बैशाख २६, काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ४ गतेभित्र राजीनामा दिने र त्यस पछि शेरबहादुर देउवा प्रधानमंत्री बन्ने सहमति भएको छ । प्रधानमैत्री प्रचण्ड पहिलो चरणको चुनाव लगत्तै राजीनामा गरेर काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि बाटो खोलिदिने विषयमा काँग्रेस र माओवादीका शीर्ष नेताबीच सहमति बनेको हो ।

जेठ ४ गतेभित्र प्रधानमन्त्रीले शेरबहादुर देउवाका लागि बाटो खुला गरिदिने समझदारी बनेको छ । ‘त्यसपछि आबशयक प्रक्रिया पुर्राएर बजेट अगाडि नै नयाँ सरकार बन्ने एक सत्ता साझेदार दलका नेताका अनुसार जेठ ४ गते संसद वैठकलाई सम्बोधन गरेर प्रधानमन्त्रीले राजीनामाको घोषणा गर्ने सम्भावना छ । महाअभियोग प्रकरणपछि संसद वैठक जेठ ४ गतेसम्मका लागि स्थगित भएको छ ।
यहीँ बैशाख ३१ गते पहिलो चरणमा प्रदेश नम्वर ३,४ र ६ मा स्थानीय तहको चुनाव हुँदैछ । गत साउन १९ मा काँग्रेस माओवादी गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री भएका हुन ।

त्यसबेला गठबन्धनमा सहभागी दलबीच चैत्रसम्म स्थानीय तहको चुनाव गरेर काँग्रेसलाई सत्ता हस्तान्तरण गर्ने भद्र सहमति भएको थियो । स्थानीय तहको चुनावमा केही ढिलाइ भएपछि सत्ता हस्तान्तरणको विषयमा पनि ढिलाई भएको छ ।

विगतमा भद्र सहमति कार्यन्वयन नभएको अबस्थामा प्रचण्डले सरकारको नेतृत्व हस्तान्तरण गर्न मान्लान भन्ने प्रश्न पनि उठेको थियो ।