रकम उपलब्ध नगराउदा बहु क्षेत्रीय पोषण कार्यक्रम प्रभावित

43

वीरगन्ज,२५ बैशाख ।  युनिसेफले उपलब्ध गराउनु पर्ने एक करोड रुपैया हालसम्म जिल्ला समन्वय समितिलाई उपलब्ध नगराउदा बहु क्षेत्रीय पोषण कार्यक्रम पर्सामा संचालन भएको छैन ।
कुपोषणबाट ग्रसित रहेका बालबालिकाको स्वास्थ्य सवलिकरणका तथा जनचेता वृद्धीका लागि राष्ट्रिय योजना आयोगले तयार पारेको बहु क्षेत्रीय पोषण कार्यक्रम संचालन गर्न एक करोड रुपैया युनिसेफले दिनु पर्ने भएपनि आर्थिक वर्षको नौ महिना वित्दा समेत रकम उपलब्ध नगराएको कारण जिल्लामा कार्यक्रम संचालन गर्न नसकिएको जिल्ला समन्वय समिति पर्साका सुचना अधिकृत तथा पोषण परियोजनाका अधिकृत शम्भु प्रसाद कुशवाहाले जानकारी दिनुभयो ।
उहा“ले सुरक्षाका चारवटै अंगको नाममा युनिसेफलले विपद व्यवस्थापन समाग्री खरिद गर्न दिएको दुई लाख रुपैयाको हिसाब फरछौट गर्न ढिलाई भएका कारण पोषणको बजेटलाई युनिसेफले रोकेको बताउनु भयो ।
राष्ट्रिय योजना आयोगको निर्देशन अनुसार युनिसेफबाट प्राप्त भएको एक करोड रुपैया जिल्लामा रहेको विभिन्न ६ वटा कार्यालयमा बाडफाट गरी बालबालिकाको पोषण सम्बन्ति जनचेतनाको कार्यक्रम संचालन गरिने जिल्ला समन्वय समितिले जनाएको छ ।
प्राप्त बजेटलाई जिल्ला शिक्षा कार्यालय, जिल्ला महिला तथा वालबालिका कार्यालय, जिल्ला पशु कार्यालय, जिल्ला कृषि विकास कार्यालय,खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई १७ लाखको दरले र बाकी रहेको १५ लाख रुपैया जिल्ला समन्वय समितिले कुपोषण विरुद्ध जन चेतना वृद्धीमा खर्च गर्ने अधिकृत कुशवाहाले बताउनु भयो ।

https://ankushdaily.com/