राष्ट्रियताको महत्व

1,081

राष्ट्रियताको संरक्षणको लागि सांस्कृतिक पाटो महत्वपुर्ण छ । हाम्रो गाउ“घरमा पाइने ओदानका तिन खुट्टा भए जस्तै राष्ट्रियताको सांस्कृतिक पाटाका तीन खुट्टा हुन्छन् । यसमा धर्म, भाषा र संस्कृति पर्दछन् । दलित मधेशी, थारू आदि पछाडी परेका जातीको चेतनाको विकास उत्तिकै भइरहेको छ । समाबेसी राजनीतिले पनि सांस्कृतिक पक्षलाई बलियो बनाईरहेको छ । राष्ट्रियताको विकासको लागि आर्थिक पाटोको पनि धेरै महत्वपूर्ण भुमिका छ । मानिसहरूमा आर्थिक समृद्धि भएपछि आध्यात्मीक सन्तुष्टि बढ्ने, चाडपर्व, रहनसहन दैनिक जिवनको खानपानदेखि लवाईखुवाई सबै स्तरीय हुनुको साथै नागरीकहरूको बीचको सम्बन्ध पनि बलियो हुदै जाने रहेछ ।

समाजको सन्तुलित आर्थिक विकास नहुदा आतंकवाद बढ्ने, कट्टरतातर्फ समाज ढल्कने, धनी र गरिबको खाडल बढ्ने, भ्रष्टाचार बढ्ने आदि विकराल समस्याहरू सृजितहुने खतरा पनि उत्तिकै छ । त्यसैले आर्थिक क्रान्तीको अभियानलाई अझ प्रभावकारी रूपमा अगाडी बढाउनु पर्ने चुनौती, राष्ट्रको पहिलो आवश्यकताको रूपमा हामी सामु उभिन पुगेको छ । आर्थिक विकासको लागि नेपाल आफैले पनि अथाह सम्भावना बोकेको छ । पर्यटन, विजुली, जडीबुटी, दुई ठुला शक्ति बिचको राजनीतिक अवस्था, कृषिको आधुनिक विकास, विदेशमा सीपयुक्त श्रमिकहरूको आपुर्ति आदिले अर्थतन्त्रलाई बलियो बनाउ“दै लगेको देखिन्छ ।
हाम्रो राष्ट्रले अरू राष्टूस“ग कसरी स्वभीमानीपुर्ण सङघर्ष गर्दछ ! यहा“को राजनैतिक नेतृत्वले कसरी अरू देशको राजनैतिक नेतृत्वसम्म सङघर्ष गर्दछन् ! राष्ट्रियताको विकास, त्यसमा पनि निर्भर गर्दछ । राष्ट्रियता, हाम्रो नैतिक विकासस“ग पनि सम्बन्धित छ । नैतिक अडान, कमजोर भएका राष्ट्रहरू तथा नागरिकहरूको राष्टिूयता कमजोर हुन्छ । राष्ट्रको केन्द्रमा, कस्ता व्यक्तिहरूले नेतृत्व गर्दछन यसले पनि राष्ट्रियतालाई बलियो र कमजोर बनाउन भूमिका खेल्दछ ।
राष्ट्रियता बलियो हुनको लागी पहिलो शर्त बैचारीक स्थायीत्व हो । सबैले टेक्ने साझा बैचारीक धरातल एउटै हुनुपर्दछ । जिम्मेबार नागरीकहरूले राष्ट्रिय स्वार्थको मुल्यमा त्याग पनि गर्न सक्नुपर्दछ । आफ्नो दलिय स्वार्थलाई हितमा राखि राष्ट्रियतालाई परिभाषा गरियो भने यो जति दुर्भाग्य केही हुदैन ।

https://ankushdaily.com/