रेडक्रस दिवसको अवसरमा निःशुल्क रक्तचाप तथा मधुमेह परिक्षण

12

वीरगंज, २५ बैशाख ।  रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाले आज निःशुल्क रक्तचाप तथा मधुमेह परिक्षण शिवीर सम्पन्न भएको छ । शिवीरको प्रमुख अतिथि पर्साका प्रहरी उपरिक्षक गोविन्द कुमार साहले स्वास्थ्य परिक्षण गराई उदघाट्न गर्नुभएको थियो ।
रेशमकोठी स्थित नेशनल एकेडेमीको प्रांगणमा आयोजित शिवीरमा १ सय ५ जनाको रक्तचाप तथा मधुमेह परिक्षण गरिएको उपशाखाका कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक कृष्ण कुमार खनालले जानकारी दिनुभयो । उपशाखाका अध्यक्ष जगदिश प्रसाद अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा डा निरज कुमार सिह, गणपति डाईग्नोष्टिक सेन्टरका सञ्चालक दिपक साह कानु, न्यु सिटि डाईग्नोष्टिूक एण्ड प्याथोलोजीका सञ्चालक दिपक अग्रवालले स्वास्थ्य परिक्षणमा सहयोग पु¥याएका थिए ।
रेडक्रस सोसाइटी पर्साका कार्यवहाक अध्यक्ष मधु राणा, महामन्त्रि विरेन्द्र राज कडेल,जिल्ला सदस्य शैलेन्द्र कृुमार चौरसिया, रेश्मकोेठीका उपाध्यक्ष उत्तम प्रसाद अधिकारी, बरिष्ट समाज सेवि मुकेश सरावगी, नेपाल सदभावनाका केन्द्रिय सदस्य निजामुद्धिन समानि , वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक अनिष कर्ण, सचिव जय प्रकाश चर्तुबेदी , बिशेष सल्लाहकार ईश्वर चन्द गौतम , नेशनल एकेडेमीका निर्देशक बाल गोपाल थापा , लालबाबु सिंह, प्रभा अधिकारी , नेपाली का“ग्रेस वडा नं ६ का बुथ अध्क्षय हुकुम सिंह, लगायतको सहभागिता रहेको थियो ।