काठमाडौं, २५ बैशाख । सुमन पण्डितको एकल रचना एवं संगीतकार सन्तोष श्रेष्ठको एकल संगीतमा तयार भएको गीतिसंग्रह ‘साथी’ आज राजधानीमा सार्वजनिक गरिएको जनाइएको छ ।
गीतकार श्रीपुरुष ढकालको प्रमुख आतिथ्यता एवं गीतकार संघ नेपालका अध्यक्ष चुडामणी देवकोटा, गायिका, सञ्चारकर्मी एवं नेत्री कोमल वली, ललितकला प्राज्ञ प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश विश्वकर्मा एवं संगीत कला पत्रकार संघकी उपाध्यक्ष विनिता मरहाको विशेष आतिथ्यतामा गीतिसंग्रह ‘साथी’ सार्वजनिक भएको हो ।
साथी एल्बममा ६ वटा गीत समावेश गरिएको छ । नेपाल भएर नै, नजलाइदेउ मुटु, तिमीले सधैं पीडा दियौ, भन्दै होलान् जस्ता गीत समावेश रहेका छन् । जसमा युवराज चौलागाईं, प्रमोद खरेल, काव्य आचार्य, दुर्गा खरेल, शिशिर योगी र कन्हैया सिंहको स्वर रहेको छ । म्यूजिक खबर डटकमको आयोजनामा भएको उक्त कार्यक्रमलाई पत्रकार एवं गीतकार शान्तिप्रियले संचालन गर्दै गीतकार पण्डितस“गको सहकार्यको बारेमा प्रष्ट पारेका थिए । त्यस्तै संगीतकार सन्तोष श्रेष्ठले आप्mनो डेढ दशक लामो सांगीतिक यात्रामा गीतकार पण्डितस“ग भएको सहकार्यका बारेमा बताएका थिए ।
गीतकार संघका अध्यक्ष चुडामणि देवकोटाले गीतकार सुमन र संगीतकार सन्तोषको सांगीतिक क्षेत्रमा रहेको योगदानको चर्चा गर्दै साथी एल्बमले सफलता पाउने विश्वास व्यक्त गरेका थिए ।