अपहरित यादव मारिएको प्रहरीको आशंका

1

वीरगन्ज, २६ बैशाख ।  तीन दिन अगाडी अपहरणमा परेका पर्साको वागेश्वरी तितरौना निवासी रामअयोध्या यादवको हत्या गरी शवलाई नष्ठ गरेको हुन सक्ने पर्सा प्रहरीले आशंका व्यक्त गरेको छ । वीरगन्ज उपमहानगरपालिका वार्ड नम्बर २७ बहोदरा मन्दिर नजिकैको तिलावे खोलाको तिरमा फेला परेको मानव अवशेष यादवकै भएको प्रहरीले आशंका व्यक्त गरेको छ ।
तिलावे खोलाको तिरमा मानव शरिर जलाई नष्ठ गरेको सबुत प्रमाण फेला परेपछि खोलाको छेउमा खानतलाशी गर्दा मानव मेरुदण्डको टुक्रा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।
वागेश्वरीतितरौनाबाट अपहरणमा परेका यादवलाई हत्या गरी उक्त स्थानमा जलाइएको गोप्य सुचनाको आधारमा तिलावे खोलाको तिरमा रहेको घटना स्थलको प्रहरीले अनुशन्धान गर्दा मेरुदण्ड फेला परेको प्रवक्ता जोशीले बताउनु भयो । अपरहणमा परेका यादवको हत्या गरी शव नष्ट गरिएको सुचनाका आधारमा भेटिएको मेरुदण्ड यादवकै भएको आशंका भएपनि सोको वैज्ञानिक वरिक्षण जारी भएकाले हाल केही भन्न नसकिने प्रहरीले जनाएको छ ।
यादव अपहरणमा संलग्न रहेको आशंकामा प्रहरीले वागेश्वरीतितरौना निवासी भोला यादवलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि आवश्यक अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।