हेरात (अफगानिस्तान), २७ वैशाख । पश्चिमी अफगानिस्तानको हेरान्त प्रदेशअन्तर्गत पर्ने अद्रास्कान जिल्लामा भएको सुरक्षा कारबाहीमा परी १५ जना लडाकू मारिएका छन् ।
राजधानी काबुलदेखि ६४० किलोमिटर टाढा पर्ने ठाउँमा भएको घटनामा अन्य २० जना घाइते भएको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन् ।
मारिनेमा तालिवानी लडाकूका एक जना वरिष्ठ कमान्डर मावलावी हमिद पनि रहेको प्रदेश सरकारका प्रवक्ता जिलानी फर्हादले जानकारी दिनुभयो ।
अफगानिस्तानको हेरान्त प्रदेश अहिलेसम्म पनि तालिवानी लडाकूको अत्याधिक प्रभाव भएको क्षेत्र हो । रासस÷सिन्ह्वा