सेमी फाइनलमा रियल र एटलेटि भिड्दै

42

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको दोश्रो लेगको खेलमा स्पेनीस टोली रियल म्याड्रिड र एटलेटिको म्याड्रिड भिड्दै छन्। यी दुइ टोलीबिचको पहिलो लेगको खेलमा रियल ३–०ले विजयी रहेको थियो।

एकै सहरका यी दुइ टोली बिचको बुधवार हुने खेल एटलेटिको म्याड्रिडको घरेलु मैदान भिसेंटे क्यालेड्रोनमा हुँदैछ। रियल म्याड्रिडलेआफ्नो घरेलु मैदानमा भएको पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले ३(०को जित दर्ता गरेको थियो।

समाचारमा जनाइए अनुसार रियल म्याड्रिडको लागि चोटका कारण यस खेलमा ग्यारेथ बेल र पेपे अनुपस्थित रहनेछन्। बेलको स्थानमा फर्ममा रहेका इस्कोले सुरुवात गर्ने सम्भावना रहेको छ। हामेस रोड्रीग्वेज र अल्भारो मोराटा पनि सुरुवाती ११मा पर्ने सम्भावना उत्तिकै छ। यसैसाता ग्रानाडाविरुद्ध जितमा विश्राम पाएका मुख्य खेलाडीहरु सुरुवाती ११ मा पर्ने लगभग पक्का छ।

एटलेटिकोका लागि यानिक करास्कोले चोट बोकेका कारण खेलमा उपस्थित हुने दुविधा छ, यदि उनले खेल्न नसके उनको ठाउँमा निकोलस गाइतान खेल्नेछन्। फर्नान्डो टोरेस र केभिन गमेरियो मध्ये एक जनाले एन्टोइन ग्रिज्मनसंग आक्रमणमा सहयोग गर्नेछन्।

एटलेटिको आफ्नो पछिल्ला १२ च्याम्पियन्स लिग खेलमध्य १० खेलमा अपराजित रहेको छ। उता रियलको पछिल्लो ११ च्याम्पियन्स लिग खेलमा प्रत्यक खेलमा २ गोल भन्दा बढी भएको छ। पछिल्ला ३ वर्षयता च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिडको यात्रा रियललेनै अन्त्य गरेको छ। पछिल्ला ३ सिजनमा रियलले २ पटक एटलेटिकोलाई फाइनलमा हराएको छ ।

https://ankushdaily.com/