हातपात गर्ने सांसद गुप्तालाई कार्यवाहीको माग गर्दै कर्मचारीद्वारा कामकाज ठप्प

62

वीरगन्ज,२६ बैशाख ।  सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगन्जका प्रमुख सरोज गोइतलाई कुटपिट गर्ने एमाले नेता एवम् पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्तालाई कार्यवाहीको माग गर्दै कर्मचारीले कामकाज ठप्प पारेका हुन ।
भनेको कर्मचारी नियुक्त नगरेको न्युहमा कार्यालय प्रमुख माथि हात पात गर्ने सांसद गुप्तालाई कार्यवाही गर्न स्थानिय प्रशासनसंग माग गर्दै एक दिनका लागि कामकाज ठप्प पारेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका इन्जिनियर कार्तिकेश झाले जानकारी दिनुभयो ।
यसै बीच सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयकका प्रमुख गोइतले मंगलबारै पत्रकार सम्मेलनको आयोजना गरीे आफुलाई कुटपिट गर्ने पर्सा क्षेत्र नम्बर ३ का सांसद गुप्ता र उनका कार्यकर्ताहरुलाइ प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले कार्वाही गर्नुका सट्टा उल्टै आफुलाइ कार्वाहीका लागि मन्त्रालयमा चिठी लेखेको जानकारि दिनु भएको छ । उहा“ले आफुलाई सांसद गुप्ता र उनका कार्यकर्ताले गत शुक्रबार कुटपिट गरेपछि न्याय मागन जा“दा प्रमुख जिल्ला अधिकारी घिमिरेले कुटपिटमा संलग्नहरुलाइ कार्वाही गर्नुको सट्टा उल्टै आफुलाइ कार्वाही गर्न सहरी विकास तथा भवन निर्माण विभागमा चिठी लेखेको बताउनु भयो ।
जनता आवास कार्यक्रमका विषयमा गत शुक्रबार शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमै कार्यालय प्रमुख गोइत र पर्सा क्षेत्र नम्बर ३ का सांसद गुप्ता बिच हात हालाहाल भएको थियो ।
सांसद गुप्ताले आफना एक जना कार्यकर्तालाइ पनि करारमा नियुक्त गर्न दिएको दबाब आफुले नमानेपछि आफु माथि कुटपिट र दुव्र्यवहार गरिएको कार्यालय प्रमुख गोइतले आरोप लगाउनु भयो ।
आफु माथि भएको अन्याय र कर्मचारीको सुरक्षाका बारेमा ध्यानाकर्षण गराउनका लागि मङगलवार जिल्ला प्रशासन कार्यालयमा जादा प्रमुख जिल्ला अधिकारी घिमिरेले भेटन अस्वीकार गर्दै फर्काइ दिएको कार्यालय प्रमुख गोइतले संचारकर्मीहरुलाई जानकारी दिनुभयो ।
यसै विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेसंग बुझदा उहा“ले गोइत सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगन्जको आधिकारिक प्रमुख नभएको जानकारी दिदै शुक्रबार भएको घटना वारे लिखित रुपमा तिन दिनसम्म जानकारी माग गर्दा गोइतले आजको मितिसम्मा कुनै लिखित पत्र नदिई उल्टै विभिन्न शक्ति केन्द्रबाट फोन गराई शुक्रबारका दिन सांसद गुप्तासंगै रहेका अन्य व्यक्तिलाई कार्यवाही गर्न दवाद दिलाउने काम गर्दै आएको बताउनु भयो । उहा“ले गोइतलाई सम्बन्ति विभागले वीरगन्जबाट काजमा काठमाण्डौं झिकाएको र काज फिर्ताको लिखित कुनै जानकारी बगैर नै गोइत आफुखुसी कार्यालय प्रमुखको काम कार्यवाही सम्पादन गर्दै आएकोे जानकारी दिनुभयो ।
विभागले काज फिर्ता गरेको गोइतसंग पत्र माग गर्दा समेत उनले हालसम्म कुनैपत्र जिल्ला प्रशासन कार्यालयमा उपलब्ध नगराएको प्रजिअ घिमिरेले खुलाशा गर्नुभयो ।
गरिबीको रेखामुनी रहेका डोम , मुसहर , चमार लगायतका समुहका लागि सरकारले पर्सामा चालु आर्थिक वर्ष देखि जनता आवास कार्यक्रम लागु गरेको हो । जस अन्तर्गत पर्सा जिल्लामा एक हजार वटा घर बनाउने कार्यक्रम रहेको छ ।
प्रति घरका लागि सरकारले दुइ लाख २८ हजार रुपैया विनियोजन गरेको छ । जनता आवास कार्याक्रमका लागि पर्सामा १६ हजार पा“च सय ७० जनाको निवेदन परेको छ ।

https://ankushdaily.com/