भियना, २७ वैशाख । अस्ट्रियाका भाइस चान्सलर तथा पिपल्स पार्टीका नेता रेइनहोल्ड मिट्टेर्लेहनेरले राजीनामा दिने बुधबार घोषणा गर्नुभएको छ ।
उहाँले भाइस चान्सलर र पार्टीको पदबाट मात्रै नभई सम्पूर्ण राजनीतिक पदबाट राजीनामा दिने घोषणा गर्नुभएको हो । रेइनहोल्डले भाइस चान्सलर र अर्थ मन्त्रीबाट यही मे १५ तारिखका दिन राजीनामा दिने बताउनुभएको छ । आफ्नो पार्टीका पदहरूबाट भने केही दिनमै राजीनामा दिने उहाँको भनाई छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले पत्रकारहरूलाई भन्नुभयो, “मलाई प्रशस्त भयो ।”
पुरातनवादी पार्टी पिपल्स पार्टीले केहीदिन अगाडि मात्रै वामपन्थी पार्टी सोसियल डेमोक्र्याटिक पार्टीसँग अस्ट्रियाको संसदमा गठबन्धन गरेको थियो । रासस÷सिन्ह्वा