एमाले पर्साका संयोजक प्रभु हजरालाई सम्मान

44

वीरगंज, २७ बैशाख ।  एमाले पर्साका संयोजक प्रभु हजरा चयन भएकोमा नेपाल पासवान संघ पर्साले संयोजक हजरालाई सम्मान गरेको छ ।
संघका अध्यक्ष प्रभु पासवानको अध्यक्षतामा जनजाति स्कुलमा आयोजित एक समारोह बीच दोसल्ला ओढाई हजरालाई सम्मान गरिएको हो । आफ्नो पासवान समुदायका अगुवा प्रभु हजरा नेकपा एमाले पर्साको संयोजक जस्तो गरिमामय पदमा पुग्न सफल हुनु भएकोमा उनलाई बधाई सहित सम्मान गरिएको संघका सचिव रवि भुषण पासवानले जानकारी दिनुभएको छ ।
सम्मान पछि मन्तव्य व्यक्त गर्दै नेकपा एमाले पर्साका संयोजक हजराले आफु स्वजातीय विकासका निम्ति कुनै पनि किमत चुकाएर भए पनि भुमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
समारोहमा संघका उपाध्यक्ष रामदेनी हजरा, स्वजातीय अगुवा मदन हजरा पासवान, प्रेम शंकर हजारी, अमरदेव पासवान लगायतको उपस्थिति रहेको थियो ।

https://ankushdaily.com/