मतदाता परिचयपत्र आजदेखी देशैभर बितरण

47

काठमाडौ । वैशाख ९ निर्वाचन आयोगले स्थानिय तह निर्वाचनको परिचय पत्र आजदेखी वितरणको गरेको छ । आइतबार हुन गइरहेको चुनावका लागि सबैै मतदान केन्द्रबाट परिचयपत्र वितरण गरिने निर्वाचन आयोगले जनाएको छ ।

मतदान केन्द्रबाट मत बदर हुन नदिने र नबिग्रने हिसाबले बाकसमा खसाल्ने तरिका बारेमा जानकारी दिनुका साथै चुनावका बारेमा सिकाइने पनि निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताऐ । यसपटकको निर्वाचनमा मतदाताले सात ठाउमा स्वस्तिक छाप लगाउनुपर्ने व्यवस्था गरेको आयोगले जनाएको छ जस अनुसार पहिलोमा नगरपालिकाा गाउँपालिकाको प्रमुखका लागि हुने, दोस्रोमा उपप्रमुखका लागि र तेस्रोमा वडा अध्यक्ष हुनेछ ।

त्यस्तै चौथो लहरमा महिला सदस्य र पाँचौ लहरमा दलित महिला सदस्यका लागि छाप लगाउनुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ । त्यस्तै छैटौं र सातौं लहरमा भने खुला वडा सदस्यका लागि छाप लगाउनुपर्ने व्ववस्था गरिएको आयोगले जनाएको छ ।

https://ankushdaily.com/