जितपुर बारा, ३१ बैशाख । जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ९ छातापिपरामा संघिय समाजवादी फोरम नेपालले वडा कमिटि गठन गरेको छ ।
शोभा सहनीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा गजाधर पासवान, सचिवमा प्रमिला देवि, सह(सचिवमा सवीता देवी र कोषाध्यक्षमा गोबद्र्वन राम रहनुभएको छ ।
१७ सदस्य समितिको सदस्यहरुमा बबीता पासवान, सुमिन्त्रा पासवान, रामपति देवि पासवान, बन्दीश पासवान रहनुभएको छ ।
संघिय समाजवादी फोरम नेपालका बारा क्षेत्र नं ४ का अध्यक्ष रामएकवाल यादबको सभापतित्वमा आयोजित कार्यक्रममा प्रदिप यादव, चन्देशवर पासबान, दिदयाल पासबान, बदन सहनी, अफताब आलमको उपस्थिती रहेको स्थानिय बिनोद साहले जानकारी दिनुभएको छ ।