बीरगन्ज, १ जेष्ठ । पर्सामा एक हजार दलित विपन्न परिवारको पक्की घर निर्माण हुने योजना जनता आवाश कार्यक्रमलाई सफल बनाउन जिल्लाका दलित समुदाय आन्दोलित भएका छन् । सोमबार जिल्लाको गाउ गाउबाट आएका दलित समुदायका महिला तथा पुरुषहरु रैली निकालेर जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझएका छन् ।
सहरी भवन डिभिजन कार्यालय बीरगन्ज र जनता आवास कार्यक्रमका अध्यक्षको मनोमानी तथा ढिलासुस्तीले बजेट खर्च नभई फ्रीज हुने खतरा बढेको पासवानले बताउनु भयो । ज्ञापन बुझाउने क्रममा दलित नेता एवं एमाले पर्साका संयोजक प्रभु हजरा, प्रभु पासवान , मेघनाथ हजरा, लगायतको सहभागिता रहेको थियो ।
जिल्ला भरिबाट १८ हजारको संख्यामा दलित विपन्नहरुको आवेदन परेकोमा त्यस मध्येबाट १ हजार घर छनौट गर्नु पर्ने छ । भवन डिभिजन कार्यालयको लापरवाही तथा समितीको निष्कृयताले अहिले सम्म सर्वेको कामपनि सम्पन भएको छैन् । पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले कार्य सम्पन गरि बजेट फ्रिज हुन नदिने आफुले सक्दो प्रयास गर्ने आश्वासन दिनु भयो ।