आर्गेनिक खेति आवश्यक

69

अहिले नेपालमा हजारौं वर्षदेखि अपनाउ“दै आएको परम्परागत रसायन, विषादी र प्लाष्टिकमुक्त खेतीपातीलाई निर्वाहमुखीको आरोप लगाएर छोडेको फेरि यसलाई अपनाउन आवश्यक हुन थालेको छ । आधुनिक खेतिले मानव तथा प्रकृतिको स्वास्थ्यमा देखिएका बिकराल समस्याले सबैलाई सताउन थालेको हो । जलवायु परिवर्तनका असर तथा प्रभावहरू खेतीपातीमा क्रमशः देखिन थालेको छ । यसबाट खेतीपाती बचाउन के गर्ने सबैको टाउको दुखाइ बनेको छ ।
किनभने स्वस्थ र पोषणयुक्त खानेकुरा नखाए सामान्य मानिस पा“च दिनभन्दा बढी बा“च्न सक्दैन । सबैतिर प्रश्न उठ्न थालेको छ । विडम्बना, हामी भने अझै पनि सुतुरमुर्गले जस्तो टाउको लुकाएर बच्ने आशा पालिरहेका छौं । आम मानिस ‘मर्नभन्दा बौलाउन निको’ भन्ने उखानको सहारा लि“दै विषाक्त खाना खान बाध्य छन् ।
रसायन र विषादीमा आधारित व्यापारिक र नाफामुखी कृषि मानव स्वास्थ्यका लागि उपयुक्त नभएको निष्कर्षसहित यसलाई फेर्न दबाब पनि बढिरहेको छ । स्वस्थ खानाका लागि पर्यावरणीय कृषि पद्धति अपनाउनुपर्ने कुरा संसारकै साझा अभियान दिगो विकास लक्ष्यले समेत सुझाएको छ । यो कुरालाई आत्मसात गर्दै हामीले समयमै अहिलेको खेतीपातीको बाटो फेर्न नसके केही दशकपछि अरुको सिको गर्दै लुरुलुरु पछि लाग्न बाध्य हुनुपर्ने पक्का छ । किनभने अहिलेको रसायन र विषादीमा आधारित खेतीपातीको कुनै भविष्य छैन ।
तर यो कुरा नेपालको राजनीतिक र प्रशासनिक नेतृत्वले अझै राम्ररी भेउ पाउनसकेको छैन । त्यसमाथि विज्ञताको अहंकारले विवेक र बौद्धिकता दुबै गुमाउन पुगेका खेतीपातीका परामर्शदाताले यो नेतृत्वलाई झन् कुहिराका काग बनाएका छन् । त्यसैले त उनीहरू अहिले पनि रसायन र विषादीका आधारमा गरिने व्यापारिक खेतीपातीको पक्षपोषण गर्दै आम नागरिकलाई विषाक्त खानेकुरा खान बाध्य बनाइरहेका छन् ।
नेपालको कृषिले सही बाटो समात्न नसक्दा, अहिले कृषिमा आश्रित बहुसंख्यक समुदाय मुग्लान पस्न बाध्य भएका छन् । घरवार चलाउन विगत दुई दशकदेखि युवा किसान विदेशिने बाध्यकारी दुष्चक्र चलिरहेको छ । परिणामतस् स्थानीय जनजीवन बजारको नियन्त्रणमा पुगेको छ । अहिले आम मानिसहरू नगदमुखी, उपभोगमुखी र सहरमुखी बन्दै गएका छन् । अन्य उपाय नहुनेको पेसा बन्न पुगेको कृषि कर्म एकाएक महिला र वृद्धवृद्धाहरूको का“धमा आइपुगेको छ ।

https://ankushdaily.com/