रोम, २ जेठ । इटलीको भूमध्यसागरमा आइतबार भएको एक दुर्घटनामा परी करिब २० जनाको मृत्यु भएको आशङ्का गरिएको छ । बेपक्ता भएका २० मध्ये सात जनाको शव भने सोमबार अबेरसम्म उद्धारकर्ताहरुले फेला पारेका थिए ।
ती शवहरु सबै पुरुषको भएको इटलीका सञ्चार माध्यमहरुले जनाएका छन् । यस दुर्घटनामा परेका अन्य करिब ५०० आप्रवासीहरुलाई भने सुरक्षित उद्धार गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्च आयोग (युएनएचसीआर)ले सोमबार दिएको जानकारीअनुसार शरणार्थीहरु युरोपतर्फ जानेक्रम भएको दुर्घटनामा परी २० बेपक्ता भएका ४८४ जनालाई भने सुरक्षित उद्धार गरिएको थियो ।
यात्राका क्रममा भएको दुर्घटनामा परी २० जनाको मृत्यु भएको आङ्कका गरिएको छ भने, ४८४ जनालाई उद्धार गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
राष्ट्रसङ्घीय निकायले घटनाका बारेमा थप अनुसन्धान र खोजी गरिरहेको जनाएको छ । रासस