कलैया, १ जेष्ठ । स्थानीय तहको निर्वाचन पछि भूमिका कम हुने बेलामा जिल्ला समन्वय समितिबाट सञ्चालित बिभिन्न कार्यक्रमबाट व्यापक कमिसन असुली गरीएको छ ।
जिल्ला समन्वय समिति बाराका प्रमुख भरतबहादुर ढुंगाना, योजना शाखा प्रमुख बिरेन्द्र महतो, बद्रीबहादुर थापा लगाएतका कर्मचारीले चालु आर्थिक बर्षमा पा“च करोड भन्दा बढी कमिसन असुली गरेका जिल्ला समन्वय समितिका कर्मचारीहरुले बताएका छन् ।
चालु आर्थिक बर्षमा संसदिय भौतिक पुर्वाधार कार्यक्रम,संसदिय बिकास कार्यक्रम, सडक बोर्ड, दुई जिल्ला जोडने सडक, झुलु·े, कृषि सडक लगाएत शिर्षकबाट सञ्चालित ३५ करोड भन्दा बढिको कार्यक्रमबाट महतो र ढुंगानाले १५ प्रतिशतको दरले पा“च करोड कमिशस असुली गर्न सफल भएको आरोप लगाइदै छ ।
कमिशन असुल्नकै लागि सार्वजनिक खरिद नियमवाली बिपरित लक्षित वर्गको तीन करोड भन्दा बढी बजेट रकमलाई गैर सरकारी संस्थाहरु मार्फत काम नै नगरी सिध्याउने खेल ढुंगाना र महतोले शुरु गरेका छन् ।
उपभोक्त समिति वा पत्र पत्रिकामा सूचना प्रकाशित नै नगरी जिल्ला समन्वय समिति बाराले गैर कानुनि तरीकाबाट गैर सरकारी संस्थाहरु मार्फत लक्षित बर्गको नामको बजेट रकमलाई खर्च गर्न सम्झौता समेत गरेको छ । उपभोक्ता समिति वा सार्वजनिक सूचना प्रकासित नै नगरी करोडौ बजेट रकमलाई गैर सरकारी संस्थाहरु मार्फत खर्च गर्न नपाईने नियम रहेको छ ।
सरकारले बजेटमा सबै समुदायको पहु“च होस भन्दै सम्पुर्ण बजेट रकमको ३५ प्रतिशत बजेट रकमलाई दलित,जनजाति,पिछडा वर्ग,अपा·, बिपन्न बालबालिका र महिनाको उत्थानमा सहयोग पुरयाउने उदेश्यले केहि बर्ष पहिला देखि लक्षित वर्ग कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
लक्षित वर्गको नाममा खर्च हुने बजेटबाट यस समुदायलाई आवश्यक पर्ने भौतिक पुर्वाधार तथा क्षमता अभिबृद्धी,सिपमुलक तालिम, आय मूलक जनचेतना दिने लगाएतका कार्यक्रम गर्नु पर्ने नियम रहेको बताईएको छ ।
जिल्ला दलित समन्वय समिति बाराका सदस्य अदालत पासवानले जिल्ला समन्वय समितिले लक्षित बर्गको उत्थानको लागि खर्च गर्नु पर्ने करोडौ रकमलाई आफु खुशी तरीकाले खर्च गर्न लागेको आरोप लगाएका छन् ।
लक्षित वर्गको बजेट रकमलाई ३० देखि ४० प्रतिशत कमिशन दिने गैर सरकारी संस्था र गैर उपभोक्ताहरुस“ग सम्झौता गरी लक्षित बर्गको बजेट रकम सिध्याउने खेलमा जिल्ला समन्वय समितिका प्रमुख भरतबहादुर ढुंगाना र योजना शाखा प्रमुख बिरेन्द्र महतो लागेको आरोप पासवानले लगाएका छन् ।
जिल्ला समन्वय समिति बाराका प्रमुख भरतबहादुर ढुंगानाले लक्षित वर्गको बजेट रकमको कार्यक्रम गर्नको लागि पत्र पत्रिकामा सूचना प्रकाशित नगरीएको संचाकर्मी सामु स्विकारेका छन् ।
सूचना प्रकाशित गर्दा कार्यक्रम गर्नमा ढिलाई हुने अवस्था आउने भएकोले सम्पर्कमा आएका गैर सरकारी संस्थाहरु मार्फत कार्यक्रम शुरु गरीएको दावी उनले गरेका छन् ।
गोप्य रुपमा करोडौको कार्यक्रम सञ्चालन गरीदा यसमा आर्थिक चलखेल समेत गरीएको प्रश्नमा ढुंगानाले गोप्य रुपमा लक्षित वर्गको कार्यक्रम सञ्चालन गरीए पनि प्रक्रिय पुरयाएरै कामहरु अगाडी बढाएको बताए ।
लक्षित वर्गको लागि केन्द्रबाट लगभग एक करोड ५० लाख र जिल्लाको आन्तरिक स्रोत, बिधुत रोवाल्टी, मालपोत,वन लगाएतका निकायबाट प्राप्त रकम मध्ये एक करोड ५० लाख गरी तीन करोड रुपैया“ लक्षित वर्गको नाममा खर्च गर्न लागिएको जिल्ला समन्वय समिति बाराका अधिकारीहरुले जनाएका छन् ।