बीरगन्ज, १ जेष्ठ । आफ्नो २७ औ स्थापना दिवशको अवसरमा युवा संघ नेपाल , पर्साले सोमबार एक कार्यक्रमका गरी मनाएको छ । युवासंघले बाल कल्याण गृहका विधार्थीहरुलाई स्कुल बैंक वितरण गरेको छ । युवा संघ पर्साका अध्यक्ष श्याम गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा एमाले पर्साका संयोजक प्रभु हजरा, युवा नेता मनोज चौधरी , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले स्कुल बैंक वितरण गर्नु भयो । कार्यक्रममा बाल कल्याण गृहका विद्यार्थी तथा शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।