राजपाद्वारा पर्सामा वृहत मोटरसाइकल ¥याली

3

वीरगन्ज, १ जेष्ठ ।  आफ्नो शक्ति प्रदर्शन गर्न बीरगंजमा राष्ट्रिय जनता पार्टी नेपालले सोमबार पर्सामा वृहत मोटरसाइकल ¥याली निकालेको छ । वीरगन्जको घण्टाघर चोकबाट दिउसो निकालिएको मोटरसाइकल ¥याली नगरको विभिन्न भाग परिक्रमा गर्दै पर्साको निर्वाचन क्षेत्र नम्बर ५को हरिहरपुरमा पुगी समापन भएको थियो ।
स्थानिय तह दोस्रो चरणको निर्वाचन अगाडी नै संसदमा दर्ता रहेको संशोधन प्रस्तावलाई पारित गर्न सरकारलाई दबाव दिने उदेश्यका साथ आजको मोटरसाईकल ¥याली निकालिएको राजपा नेपालका केन्द्रिय सदस्य निजामुदिन समानीले जानकारी दिनुभयो । उहा“ले वीरगन्जको घण्टाघर चोकबाट निकालिएको मोटरसाईकल ¥याली रमगढवा, अलौं, बहअर्वाभाठा, गर्दौल, बैरिया विर्ता,पोखरिया हु“दै पर्साको निर्वाचन क्षेत्र नम्बर ५को हरिहरपुरमा पुगी समापन भएको बताउनु भयो ।
विपक्षिहरुले फैलाएको विभिन्न खाले अफवाहलाई समाप्त पार्न र पार्टीका सबै नेता एक ठिक्का रहेको आम मधेसी जनतालाई सन्देश दिने उदेश्यका साथ मोटरसाइकल ¥याली निकाली जिल्लाको पा“चै निर्वाचन क्षेत्र घुमिएको उहाले जानकारी दिनुभयो । मोटरसाईकल ¥यालीमा पार्टीका उपाध्यक्ष सुरेन्द्र प्रसाद कुर्मी, महासचिव महम्मद कदमरसुल, राजेशमान सिंह, केन्द्रिय सदस्य शशिकपुर मिया“, अनुरोध सिंह लगायत नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको राजपाका महासचिव शिव पटेलले दावी गर्नुभयो ।