श्रोत व्यक्ति तथा विनिहरुको तालिम सम्पन्न

49

वीरगंज, १ जेठ ।  जिल्ला शिक्षा कार्यालय पर्सा अन्तर्गतका श्रोत व्यक्ति तथा विद्यालय निरीक्षकहरुको लागि दुई दिने तालिम आज समपन्न भएको जनाइएको छ ।
तालिममा सम्भव शुन्य सहनशिलता कार्यक्रम अन्तर्गत हालसम्म सम्पन्न भएका क्रियाकलाप र उपलब्धि, कार्यक्रमको उद्देश्य तथा लक्ष्यबारे जानकारी दिईनुको साथै लैंगिक हिंसा, गुनासो पेटिका, सिफारिस संयन्त्र, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, बालअधिकार, तराईको शैक्षिक अवस्था, आदिबारे प्रशिक्षण दिईएको थियो । तालिममा युनिसेफ नेपालका बृजकिशोर पटेल, रेस्टलेस डेभलपमेन्टका उमाशंकर यादव, शोभा चौधरी, रस्मिता महर्जन, एन जीओ सी सी का उपाध्यक्ष इब्राहिम देवान, निरमा चौधरी ले प्रशिक्षण दिनुभएको थियो ।
यु एस ए आइडी, युनिसेफ र रेस्टलेस डेभलपमेन्टको सहयोगमा सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साले संचालन गरेको सम्भव शुन्य सहनशिलताः लैंगिक हिंसा मुक्त विद्यालय कार्यक्रम अन्तर्गत वैशाख ३१ देखि शुरु भएको अन्तर्रक्रियात्मक शिक्षण सिकाई विधि र लैंगिक हिंसा सम्बन्धी तालिम सम्पन्न भएको हो । तालिमले धेरै सिक्न पाएको सहभागिले बताएका छन् ।

https://ankushdaily.com/