बीरगंज, १ जेठ । पर्सा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र वहादर अमात्यले वीरगंजमा संचालित निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यहरुको आज निरिक्षण तथा अवलोकन गर्नुभएको छ ।
सांसद अमात्यले वीरगंज उपहानगरपालिका २६ सुगौली विर्तामा निर्माण भइरहेको सडक ढलान, मस्जिदको अवलोकन तथा निरिक्षण गनुभएको हो । यस्तै संसदीय विकास कोषको रकमबाट अलौमा भइरहेको सडक ढलान, यज्ञशाला, मन्दिरको स्थलगत अनुगमन गर्नुभएको हो । विकास निर्माणका कार्यहरुको अनुगमन गर्दै सांसद अमात्यले विकास निर्माणका लागी छ्ट्टाइएको रकमको सही सदुपयोग गर्न उपभोक्ता समितीहरुलाई निर्देशन दिदै विकास कार्यहरुको अनगुमन तथा मुल्यांकन गर्न स्थानियहरुलाई समेत आग्रह गर्नुभयो ।
संसदीय विकास कोषको रकमबाट वीरगंजका विभिन्न स्थानमा भइरहेका विकास निर्माणका कार्यहरुको अवलोकन गर्नुभएको उहाका स्वकीय सचिव अवधेश साहले जनाकारी दिनुभयो । अनुगमनका क्रममा नेपाली कांग्रेस पर्साका जिल्ला सदस्य दिना गुप्ता, विजय उपाध्याय, नेपाली कांगे्रस पर्सा क्षेत्र नम्बर १ तरुण दलको क्षेत्रीय सभापति दशरथ पटेल, शम्भु मिश्रा, प्रेमचन्द्र दुवे, प्रभु पटेल, शैलेन्द्र उपाध्याय लगायत स्थानीय बासीहरुको सहभागिता रहेको थियो ।