हिन्दु संस्कृति रक्षा दौड २०७४ सम्पन्न

9

मनोज शाह
जितपुर, बारा १ जेष्ठ ।   बारा जिल्लाको जितपुरमा आज हिन्दु संस्कृति रक्षा दौड प्रतियोगिता सम्पन्न भएको छ । हिन्दु स्वयंसेक संध नेपाल शाखा जितपुरको आयोजनामा दौड प्रतियोगिता गरिएको हो । संस्कृति रक्षा दौड हिन्दुहरुको संस्कार संस्कृतिलाई सबै माझ पुर्याउन गरिएको संस्कार नेपाल भारत मैत्रीपुर्ण सदस्य राजा गिरीले बताउनु भयो ।
करिब ५० जना बीच भएको प्रतिस्पर्धामा प्रथम भएका संतोष थापालाई जितपुरका होटल ब्यवसायी तथा समाजसेवी बिनोद जयसवालले रु ३१ सय नगद, प्रमाणपत्र र मेडल बितरण गर्नूभएको थियो । लायन्स क्लब जितपुर सिमराका अध्यक्ष संजय साहको प्रमुख अतिथ्यमा राजन दासलाइ रु २१०० सय प्रमाणपत्र तथा मेडल साहले बितरण गर्नूभएके थियो । त्यस्तै गरी तृतिय हुने अमरनाथ यादवलाई हिन्दु स्वयंसेवक संध जितपुरका अध्यक्ष एंव कार्यक्रमका सभापति प्रभु साहले रु १ सय प्रमाणपत्र मेडल प्रदान गर्नुभयो । संस्कृति रक्षा दौडका प्रतिस्पर्धिहरुले जितपुरवाट प्रारम्भ गरी टेढा रोड, परसवा, केरा ढोका हुदै जितपुरकमा आई आप्mनो दौड सक्याएका थिए । कार्यक्रममा केदारभक्त पौडेल, संदीप साह, शोखर गुप्ता, सुनिल गुप्ता दिपक गुप्ता, संतोष गुप्ता लगायतका उपस्थिति रहेको थियो । कार्यक्रमका संचालन दिपक कुशवाहाले गर्नुभएको थियो ।