तरुण दलद्वारा सामुदायिक बिद्यालयलाई ४ वटा पंखा बितरण

5

मनोज शाह
जितपुर, बारा २ जेष्ठ ।  आज बाराको जितपुर–सिमरा उपमहानगरपालिका स्थित वडा ७ जितपुरमा रहेको तरुण दलले ४ सामुदायिक बिद्यालयलाई वटा पंखा बितरण गरेको छ ।
तरुण दल जितपुरका अध्यक्ष शक्ति गुप्ताले आज समुदायिक बिद्यालयमा ४ वाट पंखा बितरण गरेका हुन ।जितपुरसिमरा उपमहानगरपालिका वडा ७ स्थित रहेको श्री फकिरा गिरी राजेश्बर गिरी उच्च माध्यमिक बिधालयका प्राचार्य दिनेश कुशवाहलाई ४ वाट पंखा हस्तरण गरेको बिधालयका लेखा पाल ध्रुव ढकालले अंकुश दैनिकलाई बताए ।
गर्मीको समय बढ्दै गएको बेला बिद्यार्थीहरुलाई गर्मीका कारण सास्ती भइ रहेको बेला तरुण दलले दिएको पंखाले धेरै राहत पाएको बिद्यालय ब्यव्थापन समितिले जनाएको छ ।