नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

39

काठमाडौँ । नेपाली राष्ट्रिय टोली र भारतीय राष्ट्रिय टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ ।भारतले जुन ७ तारिखमा लेबनानसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएपनि भारत सरकारले लेबनानका खेलाडीहरुलाई ‘अन अराइभल’ भिसा दिन नमानेपछि अल इन्डिया फुटबल फेडेरेसन (ए.आइ.इफ.एफ)ले नेपाललाई मैत्रीपूर्ण खेलको निम्तो दिएको थियो।

लेबनानले आफ्ना अधिकांश खेलाडीहरु विदेशी लिगमा खेल्ने र अन अराइभल भिसा प्राप्त भएमात्र खेल्न आउन सक्ने जानकारी दिएको थियो। तर, भारत सरकारले कुनै हालतमा उक्त भिसा उपलब्ध गराउन नसक्ने जानकारी दिएपछि लेबनानसंगको खेल रद्द भएको थियो।भारतले एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गत जुन १३मा हुने खेलमा किर्गिस्तानको सामना गर्दैछ। प्रशिक्षक स्टेफन कन्सट्यान्टाइनले उक्त खेलको तयारीका लागि प्रारम्भिक छनोटमा ३५ खेलाडीलाई बोलाएका छन्। भर्खरै सम्पन्न आइ-लिगको प्रदर्शनका आधारमा उनले खेलाडी बोलाएका हुन्।

https://ankushdaily.com/