संसदीय बिकास कोषको रकमबाट ढलान कार्य सुरु

24

बीरगंज, २ जेष्ठ ।  पर्सा क्षेत्र नंं २ का सांसद बिचारी प्रसाद यादवको संसदीय बिकास कोषको रकमबाट आजदेखि वीरगंज उप–महानगरपालिका वडा नं. २२ मनियारीमा सडक ढलान कार्य शुरु भएको जनाइएको छ ।
संसदीय बिकास कोषको २ लाखको लागतमा ढलान हुन लागेको उपभोक्ता समितीका कोषाध्यक्ष शम्भु यादवले अंकुशलाई बताएका छन् । सडकको लम्बाई ४६ मिटर , चौडाई १० फिट र मोटाई ८ ईन्च रहेको उपझोक्ता समितीका अध्यक्ष राजेश यादवले बताए । सो सडकको निर्माणमा स्थानीयहरुको जन श्रमदान पनि रहेको बताइएको छ ।
सांसद बिचारी यादव हालै आएर बिकास निर्माणको काममा गति दिएको बताइनछ ।