‘बाहुवली’का भिलेन, जो रेल वेको नोकरी खोज्दा खोज्दै फिल्ममा प्रवेश गरे

26

‘बाहुबली-२’ ले रिलिज अहिलेसम्म विश्वभरबाट १४५० करोड कमाइ सकेको छ । उक्त चलचित्रको पहिलो भागमा खलनायक ‘कालकेय’ को भुमिका निर्वाह गरेका तेलुगु नायक प्रभाकरको अभिनयलाई धेरै दर्शकले मन पराए ।

‘बाहुबली’का अतिरिक्त दक्षिण भारतका अन्य केही चलचित्रमा पनि उनले अभिनय गरेका छन् । लगभग ४० चलचित्रमा अभिनय गरेका प्रभाकर सन् २०१० मा एसएस राजामौलीकै चलचित्र ‘मर्यादारमन्ना’बाट डेब्यु गरेका थिए ।

६ फुट ४ इन्च अग्ला प्रभाकर खासमा क्रिकेटर बन्न चाहन्थे । तर, जागीर खोज्ने क्रममा उनी कलाकार बने । १२ कक्षा उतीर्ण गरेपछि प्रभाकर एउटा वैवाहिक कार्यक्रममा हैदराबाद पुगेका थिए । उनको शारीरिक बनावट देखेर उनका नातेदारले रेलवे प्रहरीमा जागीर खान सुझाब दिए । त्यसपछि ६ वर्षसम्म विभिन्न कार्यालयमा जागीरकै लागि भौतारिएका प्रभाकरले कुनै जागीर पाएनन् ।

एकदिन प्रभाकरले थाह पाए कि निर्देशक राजामौलि चलचित्र ‘मगधीरा’का लागि नयाँ कलाकारको खोजीमा छन् । उनी अडिसन दिन भन्दै राजामौलिको अफिस पुगे । ३० सेकेण्ड अडिसन दिएपछि निर्देशक राजामौलिले सुटिङ देखाउन भन्दै उनलाई राजस्थान लिएर गए ।

केही दिन राजस्थानमै बिताएपछि फेरि जागीरकै तलासमा भौंतारिए । एकदिन बिहान राजामौलिका सहायकले फोन गरेर आफ्नो घरमा बोलाए । घरमा पुगेपछि थाह पाए ‘मर्यादारमन्ना’मा साइन गर्नका लागि बोलाएका रहेछन् ।

प्रभाकर भन्छन्-‘त्यतिवेलासम्म मलाई अभिनयको कखरा थाहा थिएनँ ।’ त्यसपछि उनले राजामौलिकै सहयोगमा देवदास कनकलासँग अभिनय सिके । चलचित्र ‘मर्यादारमन्ना’मा प्रभाकरले काम गरे । उनको अभिनयको निकै तारिफ भयो । उनले चलचित्र ‘बाहुबली’मा पनि झनै राम्रो गरे ।

प्रभाकरकै भनाइ अनुसार ‘बाहुबली’मा ‘कालकेयी’को भुमिका निर्वाह गर्न सजिलो थिएन । हरेक दिन बिहान ३ बजे उठ्नुपथ्र्यो भने हरेक दिन क्रिएटेड ‘किलकिली’ भाषा सिक्नुपथ्र्यो । भाषा सिक्नलाई उनकी श्रीमतिले निकै सहयोग गरेकी थिइन् । ‘बाहुबली’पछि उनले ‘सराइनोडु’ नामक चलचित्रमा काम गरे, जुन चलचित्र अहिलेसम्मकै धेरै कमाई गर्ने तेलुगु चलचित्रको रुपमा चिनिन्छ ।