युवाहरुको सकृयतामा अस्पताल सुध्रिदै

42

वीरगंज, ३ जेष्ठ ।  नारायणी उपक्षेत्रीय अस्पताल बिकास सहयोग अभियानको सुधार एवं बिकासमा रचनात्मक सहयोगले बिगत छ महिना देखि संचालित हेल्प डेस्कले अस्पतालमा आउने गरेका बिरामीहरु लाभान्वित भएका छन् ।
अभियानले अस्पतालमा सरसफाइ ,बृक्षारोपन एवं गर्नुको साथै चुस्त दुरुस्त सेवाको लागि दवाब दिदै आएको छ । अभियानले अस्पतालको बृहतर सुधार एवं बिकासको लागी स्वास्थ मन्त्री गगन थापालाई मन्त्रालय मै पुगि १६ बुन्दे ज्ञापन पत्र समेत बिझाएका थिए र सोही अनुसार सकारात्मक परिवर्तनहरु देखिदै गएको छ । अस्पतालको बिकास गराउदै शिक्षण अस्पताल सम्म स्तर उन्नति गराउने र बिरामी मैत्री अस्पताल बनाउन निरन्तर संघर्स गर्दै जाने अभियानका संयोजक एवं तत्कालीन सदभावना पार्टीका बिरगंज नगर अध्यक्ष ओमप्रकाश सरार्फले बताए ।
अभियानले गर्दा नारायणी उप(क्षेत्रीय अस्पतालमा व्यापक सुधार आएको छ । अभियान संचालन भए देखि अस्पतालमा हुने गरेका अनियमितता,भ्रस्टाचार,लापरबाही कम भएको र अस्पतालको आम्दानी बढेको अभियानका अभियन्ता एवं युवा नेता कृष्ण पटेलले जानकारी दिए । सरकारी सेवा प्रदायक संस्थाहरुको बेथितिको विरुद्धमा युवाहरू एकीकृत भएर गाउ“ गाउ“मा अभियान चलाए समाज परिवर्तन हुने कुरा हाम्रो अभियानले उदाहरण प्रस्तुत गरेको महिला नेत्री एवं अभियन्ता मोनिका सिह उत्साहित मुद्रामा प्रतिक्रिया दिए ।
अभियान संयोजक ओमप्रकाश सरार्फको अध्यक्षतामा सम्पन्न बैठकमा अभियन्ताहरु प्रकाश थारु,कमल चौगाइ,मोनिका सिह,कृष्ण पटेल,हेल्प डेस्क कोर्डिनेटर देवेन्द्र यादव,रबि सरार्फ,सन्तोष सरार्फ,एवं रेडक्रसका प्रतिनिधि,अन्य संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

https://ankushdaily.com/