बीरगंज, ५ जेष्ठ । बीरगंजको परवानीपुरमा रहेको केडिया आ“खा अस्पतालले जन्मदै मोतियाविन्दु भएकी एक बालिकाको सफल शल्यक्रिया गरेको जनाएको छ ।
पर्साकोे बहुदरामाई गा“उपालिका वडा नंबर ५ बर्वाटोलका माधव रामको जन्मिएकी एक बर्षिया छोरी अन्जना कुमारीको दुवै आ“खामा भएको मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको हो । शल्यक्रिया पछि अञ्जना दुवै आ“खाले देख्न सक्ने भएकी छन् । सेवा फाउन्डेसनको सहजीकरणमा बालिकाको आ“खाको शल्यक्रिया गरिएको हो ।
साथै क्यानेडियन फिल्म मेकर डअटले गरिबी र अशिक्षाका कारण पौष्टिक आहारको अभावमा आ“खा कमजोर भएकी बालिकाको डकुमेन्ट्री बनाउनुभएको छ ।डकुमेन्ट्री देश विदेशमा लगेर देखाउने र त्यसले पौष्टिक आहारको कमीका कारण आ“खा देख्न नसक्ने बालबालिकालाई सहयोग जुट्ने विश्वास लिईएको छ ।