दलहरुका बीचमा १० बुँदे सहमति, भरतपुर महानगरको मतगणना सुचारु

45

भरतपुर । भरतपुर महानगरपालिकाको मतगणनालाई लिएर दलहरुबीच १० बुँदे सहमति भएको छ । सहमतिसँगै शुक्रबार अबेरदेखि रोखिएको भरतपुरको मत गणना सुरु भएको छ । निर्वाचन अधिकृतले धाँधली गर्न खोजेको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले शुक्रबार साँझदेखि मतगणना बहिस्कार गरेका थिए । प्रमुख निर्वाचन अधिकृतले धाँधली गर्न खोजेको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले शुक्रबार साँझदेखि मत गणना बहिस्कार गरेका थिए । शनिबार बिहान भएको छलफलमा १० बुँदे सहमति भएको छ र मतगणना पनि सुरु भएको छ ।

१० बुँदे सहमति यसप्रकार छ:
१ प्रमुख निर्वाचन आयुक्तले एकजना सूचना अधिकृत तोकी निजले एकद्वार प्रणाली अन्तर्गत मात्र सूचना सम्प्रेषणको व्यबस्था गर्ने
२ मतगणनाको लागि सम्भाव्य समूह मात्र राख्ने
३ मतगणनास्थलमा राजनीतिक दलको प्रमुख वा प्रतिनिधि रहेको छुट्टै डेस्क राख्ने
४० प्रत्येक समूहबाट आउने मतगणनाको परिणाम दलका प्रतिनिधि रहेको डेस्कमा सुनाउने, देखाउने, त्यसपछि सार्वजनिक गर्ने र कम्प्यूटरमा चढाउने
५ मत गणनाको क्रममा देखापर्ने समस्यालाई दलका प्रमुख वा जिम्मेवार प्रतिनिधिहरु राखि समाधान गर्ने
६ अब मतगणना गर्दा एक वडा बढ्दो क्रममा र एक वडा घट्दो क्रममा अर्थात वडा नम्बर २९, वडा नम्बर ११, वडा नम्बर २८ तथा वडा नम्बर १२ अनुसार व्यवस्था गर्ने
७ मतगणना संख्या रेजो लगाउने कर्मचारी व्यवस्थित बनाउने
८ प्रत्येक वडाको मतगणना बाकस खोल्नुअघि यति मतपत्र रहेको र सर्टिङ गर्ने क्रममा यति मतपत्र रहेको भनि जानकारी गराउने
९  पूर्ण बदर मतको अलग तथ्याङ्क राखि सार्वजनिक गर्ने
१० गुनासा कानून बम्मोजिम सम्बोधन गर्न र समस्या पत्ता लगाई समाधान गर्न एक कार्यदल गठन गर्ने

अहिलेसम्म मतगणना भएका ९ वटै वडाका मत पुनः गणना हुनुपर्ने, अहिलेसम्मको मत संख्या विश्वसनीय नभएको भन्दै माओवादी र कांग्रेसका उम्मेदवारले विरोध गरेपछि भरतपुरमा शुक्रबार बेलुकादेखि मतगणना स्थगित भएको थियो ।
भरतपुरमा मेयरमा कांग्रेस र माओवादीले तालमेल गरेका छन् । दुई दलले प्राविधिक व्यवस्थापन राम्रो गर्नुपर्ने, निर्वाचन अधिकृतको राजीनामा, सबै पुनर्गणन गर्नुपर्ने माग गरेका थिए।

https://ankushdaily.com/