बीरगंज, ५ जेष्ठ । आज देखि पथलैया रुटमा बढि सिट क्षमताका नया“ सिटिराइड बसहरु सन्चालनमा ल्याइएको छ । वीरगन्जको घण्टाघर चोकमा शुक्रबार बिहान नारायणी यातायात व्यवासायी संघका अध्यक्ष बद्रि चौलागाइले नया“ बसहरुको उद्घाटन गर्नु भएको हो ।
नारायणी यातायात व्यवासायी संघको सिटि राइड बस व्यवस्थापन उपसमितिले वीरगन्ज पथलैया रुटमा शुक्रबार देखि २८ सिट क्षमताका ६ चक्के १२ वटा सिटि राइड बसहरु सन्चालनमा ल्याएको हो । वीरगन्ज पथलैया रुटमा यसअघि १७ सिट क्षमाताका चार चक्के सिटि राइड बस चल्दै आएकोमा अब नया बस चल्ने भएको छ ।
नया बसले गर्दा यात्रुलाई सुविधा हुने व्यवस्थापन उपसमितिका संयोजक वीरेन्द्र पटेलले बताउनु भयो ।
उदघाटन कार्यक्रममा पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशी , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख रविन्द्र भट्ट , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा , नारायणी यातायात व्यवसायी संघका क्षेत्रीय उपाध्यक्ष विनोद मानन्धर , सनराइज बैंकका प्रबन्धक सुजन पौडेल , ट्रान्सपोर्ट एशोसियसनका अध्यक्ष बालकृष्ण पोखरेल लगायतको उपस्थिती रहेको थियो ।