बाराको कलैयामा अन्तर युवा जिल्ला सम्मेलन सम्पन्न

17

कलैया ५ बैशाख ।  कलैया सिटी जेसिज बाराको सहकार्यमा आज एक दिने अन्तर युवा जिल्ला सम्मेलन नेपाल युवा परिषद बाराको आयोजना मा सम्पन्न भएको छ ।
नेशनल मेडिकल कलेदज एण्ड शिक्षण अस्पताल वीरगंज, हाम्रो प्रयास बारा,श्री साहारा युवा क्लब ३ बारा,राष्ट्रिय युवा महासंघ बारा, मधेशी पत्रकार समाजको सहयोगमा कलैयाको एभरेष्ट लजमा आयोजित सम्मेलनको उदघाटन गर्नु हुदै नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अंसारीले युवाहरु देशको कर्णधार भएकोले शिक्षाको साथ साथै अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुनु पर्नेमा जोड दिनु भयो ।
नेपाल युवा परिषदबाराका संयोजक ओम प्रकाश गिरीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल युवा परिषदका केन्द्रीय अध्यक्ष सरोज बानिया, कार्यक्रम संयोजक सुदरशण बिडारी, वीरगंज पब्लिक कलेजकाश निर्देशक डा.दिपक शाक्य, कलैया जेसिजका अध्यक्ष रामबालक राउत, महागढीमाई नगरपालिकाका कार्यकारी प्रमुख,बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोद मणि महतो,हिमराईटस् बाराका राजेश कुशवाहा, यु.एन.हेबीटैट पर्साका संयोजक सरोज चौरसिया, साहारा युवा क्लबका निर्मा चोधरी, आर आर एन.सि.डि.पी. बारा संयोजक विपिन दास, मधेशी पत्रकार समाज बाराका अध्यक्ष अनिल गुप्ता,भोजपुरी अध्यन तथा अनुसन्धान केन्द्र बाराका संयोजक प्रभु यादव, आर.डि.सि.एकशन एडका राज नारायण राम, आकाश एफ.एम वीरगंजका आशिक अंसारी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा युवा उद्यमी बिक्की महतो, संगितमा विशाल यादव, खेलकुदमा पवन सरार्फ,समाजिक क्षेत्रमा निरमा चौधरी, संचार क्षेत्रमा राजेश कुशवाहा,श्यामबाबु यादव,सृजा थापा साजिर मन्सुर,लाई प्रशंसापत्रले सम्मान थियो साथै यस कार्यक्रमलाई सहयोग गरिदिने विविन्न संध संस्थाहरुलाई प्रशान्शा पत्र वितरण गर्नु भएको थियो ।