शिक्षामा बालिकाहरुको लागि कार्यक्रम

46

बीरगंज, ५ जेष्ठ ।  समाजिक संस्था समन्वय समिति पर्साले यूनिसेफ नेपालको सहयोग ,जिल्ला शिक्षा कार्यालयको आयोजनामा गा.वि.स. जगरनाथपुर सिरा, जानकीटोला, महादेवपट्टि, मसिहानी,हरिहरपूर विर्ता,बागेश्वरी तित्रौना,बाहूअरी पिडारी,बेलवा, सोनवर्षा र सूपौली मा संचालित शिक्षामा बालिकाहरुको लागि पहूंच कार्यक्रम आयोजना गरेको छ ।
बालबालिका बिद्यालय भर्ना कार्यक्रम अन्तरगत संस्थाले संचालन गरेको विद्यालय भर्ना कार्यक्रम अन्तरगत आज गा.वि.स.जगरनाथपूर सिरामा संचालन शिक्षामा बालिकाहरुको लागि पहूंच कार्यक्रम ६ केन्द्रको बालिकाहरुलाई भर्ना गर्ने उद्धेश्यले नेपाल राष्टिूय अधारभुत विद्यालय जगरनाथपुर सिरामा विद्यालय भर्ना अभियान कार्यक्रम यसै संस्थाका अध्यक्ष श्री रामनरेश प्रसाद यादव ज्यूको अध्यक्षता सम्पन्न भएको छ ।
त्यस विद्यालयका प्र.अ.श्री चन्देश्वर यादव ज्यूको प्रमूख आतिथि भएको कार्यक्रममा जालिम मिया, नेपाली काग्रेस का प्रतिनिधी श्री राम देव चौहान ,नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनूप तिवारी, नेपाल पत्रकार महासंघ पर्साका सचिव यूवराज खडका, कान्तिपूर दैनिकका शंकर आचार्य, विनोद यादव , स्थानिय शिक्षक,शिक्षिका सहयोगी कार्यकर्ता,अभिभावक र बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

https://ankushdaily.com/