क्लबको उद्घाटन एवं रक्तदान कार्यक्रम सम्पन्न

5

वीरगंज, ६ जेष्ठ ।
वीरगंज उप–महानगरपालिका वडा नं. १५ लक्ष्मणवा स्थित वर्ड युनाईटेड क्लबको उद्घाटन नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का क्षेत्रिय उपसभापति गजेन्द्र प्रसाद कुर्मीले गर्नु भएको छ । साथै सोही अवसरमा वर्ड युनाईटेड क्लबद्वारा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको छ ।
युनाईटेड क्लबका अध्यक्ष राकेश पटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि क्षेत्रिय उपसभापति गजेन्द्र प्रसाद कुर्मीले क्लबको उद्घाटन गर्नुका साथै रक्तदान कार्यक्रमको सुभारम्भ गर्नु भएको छ । रक्तदान कार्यक्रममा नेविसंघ क्षेत्र नम्बरमा दुई सभापति देव प्रकाश पटेलको सक्रिय सहयोगमा सम्पन्न भएको थियो ।
रक्तदान कार्यक्रममा १ सय ८ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा रेडियो वीरगंजका अध्यक्ष ध्रुव साह तेली, दीपेन्द्र प्रसाद पटेल, शिवलाल यादव, राजम·ल कापर, जयम·ल कापर, शिवशंकर यादव लगायतको उपस्थिति रहेको थियो ।