त्रिशक्ति ट्रेडर्सद्वारा बीरगंज डिलर मिट कार्यक्रमको आयोजना

51

बीरगंज ६ जेष्ठ ।
त्रिशक्ति टूेडर्सको अयोजनामा आज वीरगंजमा आधुनिक कृषि उपकरण सम्वन्धि डिलर्स मिट कार्यक्रम होटल मकालुमा सम्पन्न भएको छ ।
विगत १५ वर्षदेखी नेपालका किसानहरुलाई आधुनिक कृषि उपकरणको विक्रि वितरण गरी सेवा पुर्‍याउदै आएको त्रिशक्ति टेडूसले भारतमा निर्मित अन्तराष्टिय स्तरका कृषि उपकरणहरु नेपालमा भित्राउदै कृषि क्षेत्रमा आधुनिकिकरण गर्न क्रियाशिल रहेको छ ।
कार्यक्रममा सतवन्त एग्रो पन्जावका त्रिलोचन सिंह, निर्मल प्रोडक्टका रामजी दास लगायतका व्यक्तिहरुले रोटाभेटर, मडलोडर मेशीनका सम्बन्धमा विक्रेताहरुलाई जानकारी दिनुभएको थियो । यसैगरी कार्यक्रममा राधिका हाइड्रोलिकका किशोर भाई पटेल, आशिष भाई भट्टले नेपालमा रहेको विक्रेताहरुलाई कम्पनिको उत्पादका सम्बन्धमा जानकारी गराउनु भएको थियो ।
चाचान समुहका प्रबन्ध निर्देशक सज्जन चाचानको सभापतित्वमा सम्पन्न कार्यक्रममा त्रिशक्ति टेड्रस वीरगंजका धुव्र साह, कृषि बैज्ञानिक डा विश्वेश्वर प्रसाद यादव लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा झापा, मोरंग, सुनसरी, सप्तरी, सिरहा, बारा पर्सा, रौतहट, चितवन, मकवानपुर जिल्लाका विक्रेता, कृषि प्राविधिक, अगुवा कृषकहरुको सहभागिता रहेको त्रिशक्ति टेड्रस वीरगंजका धुव्र साहले अंकुशलाई बताउनु भयो ।

https://ankushdaily.com/