युवाहरुको लिडरशीप वर्कशप कार्यक्रम सम्पन्न

35

वीरगंज, ६ बैशाख ।
नेपाल युवा परिषद् पर्साको आयोजना तथा नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल वीरगंजको सहयोगमा भएको लिडरशिप वर्कशप कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नेशनल मेडिकल कलेजका एमडि अंसारीले समाज र राष्टको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्नका निम्ती युवाहरुले आ आफ्नो स्थानबाट सकारात्मक प्रयास गर्नु पर्नेमा बताउनु भएको छ ।
युवाहरु देशको कर्णधार रहेकोले समाजमा बढदै गएको बिकृति तथा विशंगतिका विरुद्ध एक भई लाग्नु पर्नेमा जोड दिनु हुदै युवाहरुको विकासको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो । युवाहरु कुलतमा दिन प्रतिदिन फँस्दै गएकोमा चिन्ता व्यक्त गर्दै प्रमुख अतिथि अंसारीले यस तालिमबाट सिकेका कुराहरुलाई आफ्नो व्यवहारमा उतार्नु पर्ने सहभागीहरुलाई सुझाव दिनु भयो ।
नेशनल मेडिकल कलेजको सभाहलमा भएको कार्यक्रममा टिम नेपाल सेढवा पर्सा, मधेसी पत्रकार समाज पर्सा र समर्पण नेपाल बाराले समन्वय गरेको कार्यक्रममा कृषितमा युवाहरुको भुमिका विषयमा सय जनालाई प्रशिक्षण भएको थियो । नेपाल युवा परिषद् पर्साका अध्यक्ष श्रवण साहको सभापतित्वमा भएको कार्यक्रममा युवा परिषद्का केन्द्रिय अध्यक्ष सरोज बानिया, कार्यक्रम संयोजक सुदर्शन बिडारी, बारा अध्यक्ष ओमप्रकाश गिरी, मधेसी पत्रकार समाज पर्साका कोषाध्यक्ष पन्नालाल साह, भोजपुरी अध्ययन तथा अनुसन्धान केन्द्रका बारा अध्यक्ष प्रभु यादव लगायतकाले शुभकामना मनतव्य व्यक्त गनु भएको थियो ।

https://ankushdaily.com/