टर्कीमा शान्ति स्थापना नभएसम्म सङ्कटकाल नहट्ने – एर्दोगान

61

अङ्कारा (टर्की), ७ जेठ । टर्कीका राष्ट्रपतिले शनिबार एक समारोहमा बोल्नुहँुदै भन्नुभएको छ । टर्कीमा शान्ति स्थापना नहुँदासम्म सङ्कटकाल नहटाइने बताउनुभएको छ ।

सत्ताधारी दल ‘जस्टिस एन्ड डेभलमेन्ट’ (एके) पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले फ्रान्समा पनि दुई वर्ष लामो सङ्कटकाल रहेको बताउँदै टर्कीमा अझै सङ्कटकाल हटाउन सकिने अवस्था नरहेको बताउनुभएको हो ।

एकेको यसै सम्मेलनमार्फत पार्टीको अध्यक्षको जिम्मेवारी सम्हाल्न लाग्नुभएका एर्दोगानले फ्रान्समा आतङ्ककारीको आक्रमणमा परी १५ जनाको मृत्यु भएसँगै सङ्कटकाल घोषणा भएको दुष्टान्त दिँदै उहाँले भन्नुभयो, टर्कीमा राज्य विद्रोह हुँदा १४९ जनाले साहदत प्राप्त गरेको र दुई हजार १९३ जना घाइते भएको हाली लाग्दो घटनापछि सङ्कटकालको घोषणा गरी मुलुकमा शान्ति स्थापनाको प्रयास गरिएको बताउनुभयो । किन कर्टीमा सङ्कटकाल हटाउने दबाब आउँछ, मैले बुझ्न सक्दिन, एर्दोगानले बताउनुभयो ।

टर्कीमा सन् २०१६ को जुलाई १५ मा भएको असफल राज्य विद्रोहपछि जुलाई २० देखि सङ्कटकालको घोषणा भएको थियो । यसवर्ष अप्रिल १८ मा टर्कीको संसदले सङ्कटकाल लम्ब्याउने सरकारी प्रस्तावलाई अनुरोध गरेको थियो । रासस

https://ankushdaily.com/