बारामा प्रहरी र तस्कारबिच झडप

25

मनोज साह
बारा, जितपुर ७ जेष्ठ ।
तस्करी नियन्त्रण गर्ने क्रममा तस्करहरूले नै प्रहरीलाई चोर भनि लखेट्दा तिन जना म्यादी प्रहरी घाइते भएका छन् । भारतसँग सीमा जोडिएको बारा जिल्लाको सिम्रौनगढमा राति करिब १० बजे तस्करहरूले तस्करी गर्न बाटो सहज नभएका देखिएकाले तस्करहरूले नै प्रहरीलाई चोर चोर भनि लखेटदा तिन जना म्यादी प्रहरी घाईते भएका बारा जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी हवल्दार को नेतृत्वमा खटिएका सात जनाको गस्ती टोलीलाई तस्कर समुहले चोर चोर भनि लखेटेका थिए । प्रहरीले तस्करी नियन्त्रण गर्न खोज्दा तस्कर समुहले प्रहरी माथि ढु·ामुढा गरेका थिए । तस्कर समुहले चोर चोर भनि ढु·ामुढा गरि लखेट्दा म्यादी प्रहरी जय राम साह रौनियार , राम किशोर साह र अनिल कुमार जैसवाल घाइते भएका बारा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताए ।
म्यादी प्रहरी रौनियारको दायाँ खुट्टाको घुडा नै मड्किएका बाराका प्रउ उप्रेतीले जानकारी दिए । घाइते भएका म्यादी प्रहरीलाई कलैया अस्पतालमा उपचार भई रहेका जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । प्रहरी उपरीक्षक उप्रेतीका अनुसार तस्करी नियन्त्रण गर्ने प्रहरीलाई लखेटिए पछि तस्करी गर्न सहज हुने धारणाले सिम्रौनगढमा तस्कर समुहले जहिले नि प्रहरीलाई लखेट्ने , कुटपिट गर्ने जस्ता कार्यहरू गर्ने गर्नेछन् ।
प्रहरी माथि ढु·ामुढा गर्ने दुई जना तस्करलाई प्रहरीले नियन्त्रणमा लिएका प्रहरी उपरीक्षक उप्रेतीले बताए । प्रहरी माथि ढु·ामुढा गर्ने मुखलाल मुखिया तथा हितेस मुखियालाई प्रहरीले नियन्त्रणमा लिएका छन् । बारामा यस्ता घटनाहरू सेलाउन नपाउँदै घटिरहेका छन् । बारा जिल्लामा यस भन्दा अगाडि पनि सिम्रौनगढमा तस्करी गरी ल्याइएको सामान नियन्त्रणमा लिने क्रममा बैशाख १५ गते प्रहरी र तस्कर बिच दोहोरो झडप भएको छ ।
स्थिति नियन्त्रणममा लिने क्रममा प्रहरीले तीन राउण्ड गोली समेत चलाउनु परेका थिए । त्यसैगरी बैशाख ११ गते बाराकै धर्मनगरमा प्रहरी र तस्करको समूहबीच झडप हुँदा एक प्रहरी हबल्दार सहित तीन प्रहरी घाइते भएका थिए ।