भारतीय सुरक्षाकर्मीद्वारा वीरगन्ज नाकाबाट मालवाहक वाहन प्रवेशमा रोक

8

वीरगन्ज ।
भारतबाट विभिन्न माल बस्तु बोकी नेपाल आउने मालवाहक सवारी साधनलाई आइतबार विहानै देखी भारतीय सुरक्षाकर्मीले रोक लगाएका छन् । नेपालको सिमावर्ती भारतीय सहर रक्सौलमा आज विहान देखी भइरहेको नगरनिगम निर्वाचनको सुरक्षा कारण देखाउदै भारतीय सुरक्षाकर्मीले मालवाहक वाहनलाई नेपाल प्रवेशमा रोक लगाएका हुन । रक्सौलमा भई रहेको निर्वाचनमा सिमापारीबाट हुन सिकिने सम्भावित अपराधिक कृयाकलापलाई रोक्ने उदेश्यका साथ भारतीय पक्षले मालवाहक बाहन प्रवेशमा रोक लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिनुभयो । उहाँले बेलका ५ बजे सम्म मतदान सम्पन्न भएपछि नेपालका लागि मालबस्तु लोड गरेको मालवाहक वाहनलाई प्रवेश गर्न दिने भारतीय सुरक्षानिकाले जनाएको बताउनु भयो । हलुका सवारी साधन, पैदल यात्रीको अवतजावतमा कुनै अवरोध नगरिएको बताउदै प्रजिअ घिमिरेले बेलुकापछि मालवाहक वाहन समेत सहजै नेपाल आउने जानकारी दिनुभयो ।
मालवाहक वाहन नेपाल प्रवेशमा रोक लगाएको असर वीरगन्ज भन्सार कार्यालयको राजश्व संकलनमा परेको छ । मालवाहक वाहन प्रवेशमा रोक लगाएको कारण वीरगन्ज भन्सारको २० करोड भन्दा बढी राजश्व अवरुद्ध भएको वीरगन्ज भन्सार कार्यालयका प्रुमख सेवन्तक पोखरेले जानकारी दिनभयो । उहाँले दैनिक एक हजार भन्दा बढी मालवाहक वाहन वीरगन्ज नाकाबाट नेपाल प्रवेश गर्दै आएकोमा विहान देखी वाहन भित्रीन नसक्दा सोको असर राजश्व संकलन पर्ने बताउनु भयो ।
दैनिक ३२ देखी ३५ करोड रुपैया राजश्व संकलन गर्ने वीरगन्ज नाकाबाट मालवाहक वाहन प्रवेश नै नभएपछि राजश्वमा असर पर्नु स्वभाविक भएको र यसले वार्षिक लक्षयमा धेरै असर नपारेपनि थोरै भएपनि असर पार्ने भन्सार प्रमुख पोखरेलको भनाई रहेको छ । अंकुश दैनिकमा समाचार छ ।