बीरगंज, ७ जेष्ठ ।
मुस्लिम महिलाहरुलाई आत्म निर्भर बनाउन मुस्लिम महिला उत्तथान मञ्च को आयोजनामा १५ दिने नि:शुल्क खेलौना तालिमको आज एक समारोह का बिच उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । मुस्लिम महिला उत्तथान मञ्च ले आयोजना गरेको १५ दिने नि:शुल्क खेलौना तालिम मा ३० जना लक्षीत वर्गका महिलाहरु को सहभागिता रहेको थियो । आर्थिक सहयोग बिरगंज उप–महानगर पालिकाको रहेको संस्था का अध्यक्ष सायदा खातुन ले वनाएका छन । सो उद्घाटन कार्यक्रममा अध्यक्षता मुस्लिम महिला उत्तथान मञ्च का सायदा खातुन. प्रमुख अतिथिमा वि.उप.म.न.पा. का समाजिक शाखा अधिकृत प्रतिज्ञा बैघ.अतिथिहरुमा सि.ए.ई.एण्ड आई.टि. सेन्टर का निर्देशक शेख फिरोज.महमुद आलम र १५ दिने नि:शुल्क खेलौना तालिम दिनेहरु मा नजरुल नेशा.आरती साह.रुपम गिरि.अन्नु खडकी र विष्णु गिरि लगायतका रहनु भएको थियो ।