ब्रम्ह कविर उपासक समाजद्वारा दवाब जुलुस

63

वीरगन्ज,८ जेष्ठ ।
झुठा मुद्दामा फसाइएका २८ जना नेपालीलाई न्याय दिलाउन पूर्ण ब्रम्ह कविर उपासक समाज नेपालले आज बीरगंज भब्य जुलुस प्रर्दशन गरेको छ । तीन वर्ष अगाडी भारतको हरियाणामा सन्त रामपालको प्रवचन सुन्नगएका २८ जना नेपाली माथि भारत सरकारले राजद्रोह लगायतका झुठा मुद्दा लगाइ दु:ख दिएकाले सबै नेपालीलाई मुद्दाबाट उन्मुक्ती दिलाउन समाजले जुलुस निकालेर सरकारसंग माग गरेको हो । समाजका केन्द्रिय अध्यक्ष रामचरित्र महतोको अगुवाईमा निस्केको जुलुसमा देशको बिभिन्न ठाउबाट भक्तजनहरु सहभागी भएका थिए । हरियाणामा रहेको सन्त रामपाल जी महाराजको आश्रममा सन् २०१४ नोभेम्बर १४ तारिखमा भारतीय प्रहरीले छापा मार्ने क्रममा रामपालका समर्थक र प्रहरी बिच हिंसात्मक झडप भएपछि प्रहरीले २८ जना नेपालीहरुलाई पक्राउ गरेर मुदा चलाएको थियो । अंकुश दैनिकमा समाचार छ ।

https://ankushdaily.com/