वीरगन्ज, ८ जेष्ठ ।
वीरगन्जको महाविरस्थान चोकमा आज विहान स्कुल बसले ठक्कर दिदा एक १४ वर्षीया छात्राको मृत्यु भएको छ । कादम्वरी एकेडेमि विद्यालयको ना २ ख ८९३ नम्बरको बसले ठक्कर दिदा वीरगन्जको महाविरस्थान चोक निवासी राम अग्रवालकी १४ वर्षीया छोरी दिया अग्रवालको घटना स्थलमै मृत्यु भएको हो । दिल्ली पब्लिक स्कुल वीरगन्जको कक्षा ९ मा अध्ययन गर्ने दिया विद्यालयको बस समाउनका लागि सडक पार गर्दा कदम्बरी एकेडमिको बसले ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । सवारी दुर्घटनाको विरोधमा मृतकका आफ्न्त तथा स्थानियले बसलाई घटना स्थलमा रोकी सडक अवरुद्ध गरेको प्रवक्ता जोशीले बताउनु भयो ।
मदिरा सेवन गरेको र ६५ वर्ष भन्दा बढी उमेर भएका व्यक्तीलाई बस चलाउन लगाई विद्यलायले बच्चाहरुको ज्यान जोखिममा पारेको आरोप लगाउदै विद्यालय व्यवस्थापन समेतमाथि कार्यवाही गर्न माग गर्दै पिडित पक्षले सडक अवरुद्ध गरेको नायब उपरिक्षक जोशीले जानकारी दिनुभयो । सोमवार घटनाको विरोधमा वीरगन्जको आदर्शनगर बजार समेत बन्द गरिएको छ । अंकुश दैनिकमा समाचार छ ।