बर्णवालद्वारा शितल जलको ब्यवस्था

22

वीरगन्ज,९ जेष्ठ ।  वीरगन्जको आदर्शनगरमा आजबाट सुरुभएको निःशुल्क शितल जल वितरण स्थानको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले उद्घाटन गर्नु भएको छ । फोरम नेपाल पर्साका कोषाध्यक्ष रविन्द्र बर्णवालको आर्थिक सहयोगमा सुरु गरिएको निःशुल्क स्वच्छ शितल जल वितरण स्थानको एक कार्यक्रमका बीच अध्यक्ष यादवले रातो रिबन काटेर उदघाटन गर्नु भएको हो ।
शितल जल वितरण स्थानको उदघाटन गर्दै अध्यक्ष यादव ४०–४१ डिग्री गर्मी परिरहेको समयमा बटुवाहरुकालागि शितल जलको व्यवस्था गरी वर्णवालले पुन्यको कार्य गरेको धारणा व्यक्त गर्नुभयो । उदघाटन कार्यक्रममा उपस्थित रहेका फोरम नेपाल मधेश प्रदशेका कोषाध्यक्ष विजय सरावगीले हिन्दु धर्ममा कसैलाईपनि पानी खुवाउनु पुन्य कार्य भएको बताउदै आदर्श नगर जस्तो व्यस्त बजारमा खानेपानीको अभाव रहेको अवस्थामा स्वच्छ शितल जलको व्यवस्था गरी रविन्द्र वर्णवालले सराहनीय कार्य गरेको धारणा व्यक्त गर्नुभयो ।
दैनिक हजारौ व्यक्ती ओहोर दोहोर गर्ने आदर्शनगर एरियामा खाने पानीको अभाव भएको देखेर ६० हजारको लागतमा पानीलाई शितल बनाउने मेसिन र स्वच्छ जारको पानीको व्यवस्था सर्वसाधारणकालागि मिलाएको रविन्द्र वर्णवालले अंकुशलाई बताउनु भयो । उहा“ले विहान ८ बजे देखी रातीको ८ बजे सम्मका शितल जलको सेवा पदान गरिने र यसमा दैनिक दुई हजार रुपैया भन्दा बढी रकम खर्च हुने जानकारी दिनुभयो । हालका लागि चिशो पानीको व्यवस्था गरिएकोमा आउदो दिनमा चा“डै बटुवाका लागि चन्ना मिठा, चन्ना भुजाको व्यवस्था गरिने वर्णवालले बताउनु भयो । फोरम नेपालका जिल्ला अध्यक्ष यादवले उद्घाटन गर्नु भएको शितल जल वितरण स्थानलाई वर्षको ३६५ दिन नै संचालनमा राखिने वर्णवालले जानकारी दिनुभयो ।

https://ankushdaily.com/