सरकारको नीति तथा कार्यक्रम आज

30

काठमाडौँ । स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय फिर्ता गर्नुपर्ने भन्दै नेकपा एमालेले संसदमा अवरोध गर्ने भनिरहेका बेलामा सरकारले आगामी आर्थिक वर्षका लागि निर्धारण गरेको नीति तथा कार्यक्रम बिहिबार व्यवस्थापिका–संसदमा प्रस्तुत गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुतका लागि व्यवस्थापिका संसदको बैठक अपरान्ह ४ बजेको लागि बोलाइएको छ । सरकारले स्थानीय तह थपेको विरोधमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न दिन्छ कि दिँदैन भन्नेमा अन्योलता भने कायमै रहेको छ ।

एमालेले निर्णय फिर्ता नभएसम्म अवरोध कायम रहने चेतावनी दिएको भएपनि वरिष्ठ नेता माधव नेपाल राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिइने बताएका थिए । यसबारे एमालेले औपचारिक निर्णय भने गरिसकेको छैन ।

https://ankushdaily.com/