इजरायलका प्रधानमन्त्री घर फिर्ता

65

जेरुसेलम (इजरायल), १२ जेठ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु शुक्रबार घर फर्किनु भएको छ ।

शल्यक्रिया गरी शरिरमा भएको पत्थरी हटाइएपछि उहाँ शुक्रबार घर फर्किनु भएको अधिकारीहरुले बताएका छन् ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको इजरायल भ्रमण भएको भोलीपल्ट नेतान्याहुको शल्यक्रिया गरिएको हो ।

इजरायलको हादास्साह अस्पतालमा भएको उहाँको शल्यक्रिया सफल भएको अस्पतालद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । प्रधानमन्त्रीको अवस्थामा सुधार आईसकेको अस्पतालले उल्लेख गरेको छ ।

प्रधानमन्त्री नेतान्याहुले स्वास्थ्य लाभ गरिरहेकाले वातावरण मन्त्री तथा उहाँको पार्टीका नेता जीभ इल्कीनलाई कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी दिएको छ ।

पछिल्ला केही बर्षदेखि ६७ बर्षीय प्रधानमन्त्री नेतान्याहुलाई साना साना स्वास्थ्य समस्याहरु देखिइरहेका छन् । रासस

https://ankushdaily.com/