नगरपालिका घोषणाको स्वागत

26

बीरगंज, ११ जेष्ठ । पर्सागढी गाउ“पालिकालाई नगरपालिका घोषणा गरेकोमा नेकपा माओवादी केन्द्र पर्सागढी नगरपालिकाले स्वागत गरेको छ । नेकपा माओवादी केन्द्रका नेता धन बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले पर्सागढी नगरपालिकाको आज बसेको आकस्मिक बैठकले सरकारले नगरपालिका घोषणा गरेकोमा स्वागत गरेको हो । सरकारले स्थानीय तह थप गर्ने क्रममा पर्साका बहुदरामाई गाउ“पालिका र पर्सागढी गाउ“पालिकालाई नगरपालिका घोषणा गरेको निर्णय स्वागत योग्य रहेको नेकपा माओवादी केन्द्र पर्सागढीका संयोजक बालकृष्ण श्रेष्ठले बताउनुभयो । निर्णय प्रति सम्पूर्ण पर्सागढीवासीको तर्फबाट सरकारलाई धन्यवाद पनि व्यक्त गरेको छ । निर्णयले बहुदरामाईका जनताहरु हर्षित भएको श्रेष्ठले अंकुशलाई बताएका छन् ।

https://ankushdaily.com/