एफएक र कोपा डेल रे कपको फाइनल आज

4

वीरगन्ज ।  प्रिमियर लिग च्याम्पियन चेल्सीले आज एफएक कपको सेमिफाइनलमा शनिबार राती आर्सनलको सामना गर्दैछ । चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले जस्तो सुकै नतिजा आए पनि आर्सनलका प्रशिक्षक आर्सन वेंगर विश्वकै उत्कृष्ट प्रशिक्षकको रुपमा रहने बताएका छन् । ६७ वर्षीय वेंगर सन् १९९६ देखि गनरको प्रशिक्षकको रुपमा रहेका छन् । उनको करार यही वर्ष सकिँदैछ । पछिल्लो समय निकै आलोचना खेपिरहेका वेंगरले आजको खेलमा जीत हात पारे सातौँ पटक यो प्रतियोगिता जित्दै कप प्रतियोगिताको सबैभन्दा सफल प्रशिक्षक बन्नेछन् । यस सिजन दुई टोलीबीच भएका खेलमा दुवैले एक–एक खेल जितेका छन् ।


उता, स्पेनिस लिग र च्याम्पियन्स लिगमा असफल बनेको बार्सिलोनाले पनि यो सिजन उपाधि जित्ने सम्भावना कायम रहेको छ । यो सिजन क्लब छाड्न लागेका प्रशिक्षक लुइस एनरिकेका लागि पनि यो उत्कृष्ट बिदाई हुने डिफेन्डर जेरार्ड पिके बताउँछन् ।