सोलुखुम्बु, १३ जेठ । गोमा एयरको ९ एन एक के वाई कल साइनको कार्गो विमान लुक्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको छ । केही बेरअघि विमान अवतरणका क्रममा रुखको हाँगामा ठोक्किएर विमान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख माधव बुढाथोकीले जानकारी दिनुभयो । दुर्घटनामा पाइलट पारस राईको उपचारको क्रममा लुक्ला अस्पतालमा निधन भएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । गोमा एयरका कर्मचारीका अनुसार विमानमा ३ जना चालक दलका सदस्य थिए । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी माधव बुढाथोकीका अनुसार अनुसार विमान परिचारिका प्रज्ञा महर्जन र को पाइलट सुजन मानन्धर घाइते भएका छन् । उनीहरु लुक्ला अस्पतालमा उपचार भइरहेको छ । रासस